काठमाडौंसहित यी जिल्लाका सीडीओहरू फेरिए
काठमाडौं । गृह मन्त्रालयले काठमाडौंसहित प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ ।
गृह मन्त्रालयले उपत्यकालगायत जिल्लाका सीडीओहरूको सरुवा गरेको हो ।
काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा घनश्याम उपाध्यायलाई ल्याइएको छ । उपाध्याय ललितपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए ।
काठमाडौंका सीडीओ गोविन्द रिजाललाई मन्त्रालयको कर्मचारी प्रशासन प्रमुखमा सरुवा गरिएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई ललितपुरमा सरुवा गरिएको छ ।
मन्त्रालयको प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई कास्कीको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।
जुम्लाकी सीडीओ विजयाकुमारी प्रसाइँलाई गृह मन्त्रालय तानिएको छ ।
जुम्लाको सीडीओमा मुकेशकुमार केसरीको सरुवा भएको छ ।
दैलेखको सीडीओमा गोगनबहादुर हमाललाई पठाइएको छ । हमाल सूचना विभागको महानिर्देशक थिए ।
दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।
सूचना विभागका महानिर्देशक गोगनबहादुर हमाल केही समयअघि गृह मन्त्रालयमा सरुवा भएका थिए ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीलाई इलाका प्रशासन कार्यालय सिमरा सरुवा गरिएको छ ।
पाँचथरका सीडीओ सुरेश न्यौपानेलाई मन्त्रालयमा तानिएको छ ।
पाँचथरको सीडीओमा गणेश गैरेलाई पठाइएको छ ।
संखुवासभाको सीडीओमा नुरहरि खतिवडालाई सप्तरीको प्रजिअमा, सप्तरीका प्रजिअ जनार्दन गौतमलाई उदयपुरको प्रजिअ र उदयपुरका वीरेन्द्र यादवलाई संखुवासभाको प्रजिअमा सरुवा गरिएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया