कांग्रेस नेता घिमिरे दाङ २ बाट प्रत्यक्षमा सिफारिस, समानुपातिक र प्रदेशमा नझर्ने

घोराही । नेपाली कांग्रेसका नेता एवम् वरिष्ठ व्यवसायी किरणकिशोर घिमिरेसहितका नेताहरूलाई दाङ कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ टिकटमा सिफारिस गरेको छ ।

नेता घिमिरेलाई दाङ क्षेत्र नं. २ बाट क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ सिफारिस गरेको दाङ कांग्रेसले जनाएको छ ।

नेता घिमिरले भने, ‘दाङ क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ मेरो पनि दाबी छ । क्षेत्रीय कार्यसमिति हुँदै जिल्ला कार्यसमितिले मेरो नाम पनि टिकटका लागि सिफारिस गरेको छ ।’

‘टिकटमा सिफारिस गर्ने क्षेत्रीय र जिल्ला कार्यसमिति तथा नेताहरूप्रति धन्यावाद’, नेता घिमिरेले भने, ‘पार्टीले विश्वास गरेर टिकट दियो भने प्रतिनिधि सभाको प्रत्यक्षमा जितेर देखाउँछु ।’

उनले आफू समानुपातिक र प्रदेश (प्रत्यक्ष र समानुपातिक)तर्फ उम्मेदवार नबन्ने पनि बताएका छन् ।

नेता घिमिरले भने, ‘मेरो अडान भनेको प्रतिनिधि सभामा प्रत्यक्षतर्फ हो । त्योभन्दा तलमाथि गर्दैन ।’

दाङ क्षेत्र नं. २ को प्रत्यक्षतर्फ राजु खनाल, घनश्याम रेग्मी, किरणकिशोर घिमिरे र भरतबहादुर न्यौपानेलाई कांग्रेसले टिकटको लागि सिफारिस गरेको छ ।

रामपुरको घिमिरे पूरै परिवार कांग्रेसमा सक्रिय छ । दाङमा कांग्रेस स्थापना भएदेखि नै घिमिरे परिवारको ठूलो योगदान छ ।

घिमिरे परिवारबाटै दाङमा टिकटका लागि ४ जना आकांक्षी छन् । उनीहरू सबै टिकटका लागि सिफारिसमा परेका छन् ।

Published : Tuesday, 2022 September 6, 1:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया