कम्युनिस्टलाई धुलो चटाउन युवा नेताहरूलाई टिकट दिन पर्वत कांग्रेसमा जबरजस्त दवाव
पर्वत । नेपाली कांग्रेस पर्वतमा उम्मेदवारहरू हुन चाहने युवाहरूलाई अवसर दिनुपर्ने माग जबरजस्त रुपमा उठेको छ ।
अग्रज नेताहरूलाई विभिन्न उचित स्थानमा व्यवस्थापन गरेर भए पनि युवाहरूलाई प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बनाउँदा कांग्रेसले जित्ने भनाइ छ । टिकट वितरणमा मनोमानी गरेर एकलौटी गर्ने हर्कत भयो भने पर्वतमा एमालेसँग कांग्रेसको पराजय हुन सक्नेमा चिन्ता युवाहरूमा छ ।
पर्वत कांग्रेसका पूर्व कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाका पूर्वअध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले जिल्लाका वरिष्ठ नेताहरूलाई पार्टीमा उचित स्थानमा अवसर दिनुपर्ने बताए ।
‘कांग्रेसलाई अहिलेसम्मको अवस्थामा ल्याइपुर्याउन अर्जुनप्रसाद जोशी, नवराज गुरुङ, ऋषिकेश तिवारीलगायतको ठूलो योगदान छ’, मल्लले भने, ‘उहाँहरूलाई केन्द्रीय सदस्य, राष्ट्रिय सभा, समानुपातिक लगायतका पदमा व्यवस्थापन गर्न सकिन्छ ।’ कांग्रेसमा धेरै पदहरू रहेको भन्दै नेताहरूलाई उचित व्यवस्थापन गरेर जान सकिने उनको भनाइ छ ।
गण्डकी प्रदेश कार्यसमितिको कार्यसम्पादन समितिका सदस्य समेत रहेका युवा नेता मल्लले पर्वतमा आफूले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा टिकट पाएमा पार्टीका सबै उम्मेदवारहरूलाई जिताएर देखाइदिने बताए ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ टिकटमा दाबी गरिरहेका नेता मल्लले पर्वतमा राम्रो काम गरेका छन् । पार्टी कार्यालय बनाउने कार्यमा पनि उनको आर्थिक रुपले ठूलो योगदान छ । पार्टीको संगठन निर्माण र नेता कार्यकर्तालाई संरक्षण गर्ने विषयमा पनि मल्ल अग्रपंक्तिमा नै छैन ।
१४औं महाधिवेशनमा जिल्ला सभापतिमा थोरै मतले पराजित भएका मल्ल कांग्रेसलाई मिलाएर लैजाने हो भने कम्युनिस्टलाई सजिलै पराजित गर्न सकिने बताएका छन् ।
पर्वतमा प्रतिनिधि सभामा कम्तिमा १८ जना नेताहरूको दाबी छ । पर्वत जिल्लामा एमालेको अहिले पनि बलियो पकड रहेको चर्चा हुने गरेको छ । एमालेलाई हराउन युवाहरूमध्येबाटै टिकट दिनुपर्ने सुझाव नेतृत्वलाई छ ।
प्रतिनिधि सभाको टिकटमा अर्जुन जोशी, नवराज गुरुङ, ऋषिकेश तिवारी, ललितकला गुरुङ, विश्वप्रकाश प्रसाइँ, विप्लव हमाल, चन्द्रप्रसाद शर्मा, कुलप्रसाद उपाध्याय, केदार सुवेदी, रेखा गुरुङ, विमलराज क्षेत्री, विश्वप्रसाद पन्त, बसन्तबहादुर सिके, सीताकुमारी लामिछाने, गंगाराज शर्मा, छविलाल तिवारी, रामबहादुर प्रसाइँलगायतको दाबी छ ।
गण्डकी प्रदेशको सभापतिमा पराजित भएका नेता अर्जुनप्रसाद जोशीले प्रतिनिधि सभामा दाबी गरिहरेका छन् । आफ्नै भाइ युवराज जोशीलाई पार्टी सभापति बनाएका उनले सबै पद परिवारभित्रै राख्न खोजेको आरोप पनि छ ।
गण्डकी प्रदेशको सभापतिमा पराजित भएका नेता अर्जुनप्रसाद जोशीले प्रतिनिधि सभामा दाबी गरिहरेका छन् । आफ्नै भाइ युवराज जोशीलाई पार्टी सभापति बनाएको आरोप पनि छ । जसको प्रभाव निर्वाचनमा पर्न सक्ने चर्चा पनि छ ।
तसर्थ, कांग्रेसमा परिवारवादको विरोध भइरहेका बेला जोशीले पर्वतमा आगामी चुनावमा सबैलाई समेटेर अगाडि बड्नुपर्ने देखिन्छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया