यी कम्युनिस्ट ‘म्यादी’ मन्त्रीले गरिवको छोरो गुरुङलाई पारा देखाए, गलत ठाउँमा पावर देखाएर थुनाए
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले लाईनमा बस्नुस् भन्ने गरिव सुरक्षा गार्डलाई थुनाएका छन् ।
काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरस्थित भिसा सेन्टरमा लाइनमा बस्नुस् भन्दा कम्युनिस्ट मन्त्री श्रेष्ठले सुरक्षागार्ड शेरजंग गुरुङलाई पक्राउ गराएर थुनाएका हुन् ।
पक्राउ परेका सुरक्षागार्डलाई हिरासतमा राख्न प्रहरीले ५ दिनको अनुमति पाएको छ ।
अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि सुरक्षागार्ड गुरुङलाई हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भरतबहादुर बोहोराले शुक्रबार सो घटना भएको बताए । उनले घटनाबारे विस्तृत अनुसन्धान हुने बताएका छन् ।
शुक्रबार श्रीमतीसहितको दलबल बोकेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री श्रेष्ठ ठमेलस्थित छायाँ सेन्टरमा पुगेका थिए । लाईन र पालोमिचेर जान खोजपछि सुरक्षागार्ड गुरुङले श्रेष्ठलाई रोकेका थिए ।
मन्त्री श्रेष्ठ एउटा कार्यक्रममा लागि मन्त्रालयका ६÷७ जनासहितको जम्बो टोली बोकेर क्यान्डा जाने तयारीमा थिए ।
गरुड सेक्यूरिटीअन्तर्गत कार्यरत सुरक्षागार्ड गुरुङले उनीहरुलाई लाईनमा आउन भनेपछि रिसाएका मन्त्री श्रेष्ठले कम्युनिस्टपारा देखाइहाले । छ महिने ‘म्यादी’ मन्त्री श्रेष्ठले गरिवको छोरो सुरक्षागार्डलाई थुनाएर बहादुरी देखाएका छन् ।
श्रेष्ठले आफू मन्त्री भएको बताउँदै अगाडि जान खोजेका थिए । सुरक्षागार्डले रोकेपछि त्यहाँ विवाद भएको थियो ।
छायाँ सेन्टरस्थित भिसा केन्द्र भारतस्थित दूतावास अन्तर्गतको हो ।
त्यहीको नियमानुसार सबैलाई लाईनमा राखेर पठाइन्छ ।
मन्त्री श्रेष्ठ पुगेका बेला लाईन पनि २ जना मात्र थिए । दुई जनालाई पनि मन्त्री श्रेष्ठले कुर्न नसकेर सुरक्षागार्डलाई थुनाएर बहादुरी देखाएका छन् ।
मन्त्री श्रेष्ठको आदेशपछि प्रहरी वृत्त दरबारमार्गको टोलीले गुरुङलाई पक्राउ गरेको एसएसपी बोहोरा बताएका छन् ।
मन्त्री श्रेष्ठले आफूलाई दिइएको समयानुसार शुक्रबार भिसा सेन्टरमा पुगेको बताएका छन् ।
‘म लाइनमा नै लागेको थिएँ । त्यहाँको नियमअनुसार नै लाइनमा लागेको हुँ’, उनले भने, ‘मभन्दा अगाडि एक जना अर्को मान्छे थियो । त्यसपछि मेरो श्रीमती हुनुहुन्थ्यो र त्यसपछि म थिएँ । म लाइनमा हुदाँहुँदै पनि ममाथि दुर्व्यवहार भयो ।’
मन्त्री श्रेष्ठले भने, ‘उसले भेंडाबाख्राको व्यवहार गर्न पाइँदैन नि !’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया