बागलुङमा ०४९ सालमै निर्विरोध भएर कांग्रेसको नाम राखेका नेता भट्टचन टिकटमा सिफारिस
बागलुङ । नेपाली कांग्रेसका नेता देवीप्रकाश भट्टचन प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक दुबैतर्फ टिकटका लागि सिफारिस भएका छन् ।
शनिबार बसेको क्षेत्रीय कार्यसमिति बैठकले बाग्लुङ क्षेत्र नं. २ बाट भट्टचनलाई सिफारिस गरेको हो । सिफारिस हुनेमा अन्य नेताहरू पनि छन् ।
कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका नेता भट्टचनले बागलुङमा केन्द्रको नीति र निर्देशानुसार कांग्रेस नेतृत्वको गठबन्धनलाई जिताउने बताएका छन् ।
नेता भट्टचनले आफूलाई बागलुङ क्षेत्र नं. २ मा प्रत्यक्ष र समानुपातिकमा सिफारिस गरेकोप्रति धन्यावाद दिएका छन् ।
उनले भने, ‘बागलुङ कांग्रेसका नेता कार्यकर्तालाई धन्यावाद । हामी सबै मिलेर कांग्रेसलाई जिताउनुपर्छ । चुनाव चिन्ह रुखमा भोट हालेर विजयी बनाउनुपर्छ ।’
सफल व्यवसायी समेत रहेका भट्टचन कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय छन् ।
बागलुङ क्षेत्र नं. २ मा नेता भट्टचन लोकप्रिय मानिन्छन् ।
कांग्रेसले उनले प्रत्यक्षमा टिकट दियो भने जित पक्का रहेको कांग्रेस नेताहरूको भनाइ छ ।
भट्टचन २०४९ सालमा नेपाली कांग्रेसकाबाट निर्विरोध जिल्ला विकास समिति सदस्य नियुक्त भएका थिए ।
उनी २०७४ सालमा समानुपातिका कोटामा जनजातितर्फ सूचीमा समावेश थिए ।
भट्टचनलाई सभापति शेरबहादुर देउवाले २०७७ सालमा नेपाली कांग्रेसको संगठन विभागको उप–संयोजकको जिम्मेवारी दिएका थिए ।
यसपटक नेता भट्टचन प्रत्यक्ष र समानुपातिक दुवैमा सिफारिस भएका छन् ।
प्रत्यक्षतर्फ गठबन्धन गर्दा माओवादीको कोटामा परेमा भट्टचनलाई समानुपातिकको बाटो सहज हुने देखिन्छ ।
उनी थकाली समुदायबाट अल्पसंख्यक पनि भएकाले सांसद हुने प्रवल सम्भावना रहेको बागलुङ कांग्रेसको भनाइ छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया