बालेनले छानेर प्रमुख प्रशासकीय अधिकृत लगे, सरकारद्वारा यी १० जना सह–सचिवहरूको सरुवा

काठमाडौं । सरकारले १० जना सह–सचिवहरूको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मन्त्रिस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरेका हुन् ।

मन्त्रालयले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा वसन्त अधिकारीलाई सरुवा गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले राम्रो कामको सुरुवात गरेका बेला सरकारले सह–सचिव एवम् प्रमुख प्रशासकीय अधिकृतमा वसन्त अधिकारीलाई पठाएको छ ।

महानगरका लोकनाथ पौड्याललाई मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ ।

पर्यटन मन्त्रालयको प्रवक्ता रहेका टोकराज पाण्डेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको छ ।

सूचना विभागका महानिर्देशक गोगनबहादुर हमाललाई गृह मन्त्रालयमा सरुवा भएको छ ।

कृषि तथा पशुपन्छी मन्त्रालयको अतिरिक्त समूहमा रहेकी स्किम श्रेष्ठलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगकी सह–सिचव रोशनीकुमारी श्रेष्ठलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक सुरेश राउतलाई श्रम, रोजगार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ ।

वागमती प्रदेश, वित्त आयोगका शम्भु कार्कीको शहरी विकास मन्त्रालयमामा सरुवा भएको छ ।

वागमतीको स्थानीय पूर्वाधार विकास मन्त्रालयका कृष्णकुमार मिश्रको भौतिक पूर्वाधार विकास मन्त्रालय मधेश प्रदेशमा सरुवा भएको छ ।

मधेश प्रदेशको पूर्वाधार मन्त्रालयमा कार्यरत दीपककुमार दासको वित्त आयोगमा सरुवा भएको स्रोतले जनाएको छ ।

Published : Saturday, 2022 September 3, 9:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया