मोदीले भारतलाई विश्वकै ५औं ठूलो स्थानमा पुर्‍याए

नयाँदिल्ली । नेपालको छिमेकी राष्ट्र भारतको अर्थतन्त्रको आकार बेलायतको अर्थतन्त्रभन्दा ठूलो भएको छ ।

अर्थतन्त्रमा भारतले बेलायतलाई पनि उछिनेको छ । भारत विश्वको पाचौं ठूलो अर्थतन्त्र बनेको छ ।

भारतले सन् २०२१ को अन्तिम तीन महिनामा हासिल गरेको आर्थिक वृद्धिले बेलायतलाई उछिन्न सम्भव भएको ब्लुमवर्गले लेखेको छ ।

बेलायतमा छिट्टै आउने नयाँ प्रधानमन्त्रीले कुल ग्राहस्थ उत्पादनको आधारमा विश्व वरियतामा एक स्थान झरेको मुलुकमा शासन गर्नुपर्नेछ । बेलायतको कन्जरभेटिभ पार्टीका सदस्यहरूले सोमबार बोरिस जोनसनको उत्तराधिकारी छनौट गर्दैछन् ।

अन्तिम चरणमा विदेशमन्त्री लिज ट्रस र पूर्व अर्थमन्त्री ऋषि सुनक भिँड्दैछन् । मतसर्वेक्षणहरूले ट्रसले सुनकलाई हराउने देखाएको छ । बेलायतमा अहिले चार दशकपछिकै तिव्र मुद्रास्फिर्ती भइरहेको छ ।

बैंक अफ इंग्ल्याण्डले बेलायतमा अहिलेको आर्थिक परिस्थितिले गर्दा मन्दीको जोखिम रहेको र त्यो मन्दी सन् २०२४ सम्म रहनसक्ने बताएका छन् ।

भारतीय अर्थतन्त्र यो वर्ष ७ प्रतिशतभन्दा बढी बढ्ने प्रक्षेपण छ । विश्वकै उच्च आर्थिक वृद्धिमध्ये एक हुनेछ ।

मार्चमा भारतीय अर्थतन्त्रको आकार ८५४.७ अर्ब डलर रहेको आधारमा बेलायतको अर्थतन्त्र ८१६ अर्ब डलर थियो ।

आईएमएफकै प्रक्षेपण अनुसार भारतको यो वर्षको वार्षिक कुल ग्राहस्थ उत्पादनको आकार बेलायतको भन्दा बढी हुनेछ ।
भारत अगाडि अब अमेरिका, चीन, जापान र जर्मनी मात्र रहनेछन् ।

एक दशकअघि विश्वको ११ औं ठूलो अर्थतन्त्र रहेको भारतले छोटो समयमा कुल ग्राहस्थ उत्पादनमा उलेख्य प्रगति गरेको छ । बेलायत भने एक दशकअघि पाँचौं स्थानमा रहेकोमा अहिले एक स्थान खस्केको छ ।

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले असल काम गरेपछि अर्थतन्त्र सुधार भएर विश्वको पाँचौंस्थानमा जान सफल भएको छ । भारतले अर्थतन्त्रमा सुधार गरेपछि चीन र पाकिस्तानलाई तनाब भएको छ ।

Published : Saturday, 2022 September 3, 6:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया