जयकृष्ण, किरणसहितका नेताहरु कांग्रेसबाट टिकटमा सिफारिस

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नम्बर ९ ले उम्मेदवारको नामावली तय गरेको छ ।

क्षेत्रीय कार्यसमितिले आगामी मंसिर –४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फ ६ जना उम्मेदवारको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ ४ जना उम्मेदवारको नाम पार्टीको निर्देशानुसार सिफारिस गरेको पूर्वकेन्द्रीय सदस्य किरण गिरीले जानकारी दिएका छन् ।

प्रतिनिधि सभातर्फ प्रत्यक्षमा जयकृष्ण महर्जन, ध्यनगोविन्द रञ्जित, नानू बास्तोला, धर्मराज गौतम, तीर्थराम डंगोल, गौरीप्रसाद दवाडीको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्फका उम्मेदवारहरु हुनेमा किरण गिरी, दामोदर गौतम, बासु कार्की, बन्दना खडका रहेका छन् ।

प्रत्यक्ष र समानुपातिक दुबैतर्फ १० जना उम्मेदवारको नामावली पठाउने निर्णय भएको छ ।

Published : Friday, 2022 September 2, 8:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया