टिकट जसले पाए पनि ‘रुख’मा भोट हालेर कांग्रेस जिताउने हो : रामहरि खतिवडा

ओखढुंगा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि सरकारले राम्रो काम गरेको बताए ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१० बेतिनीमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता खतिवडाले देउवाले काम गरेर देखाएको बताए । उनले भने, ‘कांग्रेसले बोलेको कुरा पूरा गर्नेगर्छ । कम्युनिस्टले बोलेका कुरा पूरा गर्दैनन् । झुठ मात्रै बोल्छन् ।’

कम्युनिस्टले ओखलढुंगामा जितेर एउटा पनि विकास गर्न नसकेको बताए । उनले कांग्रेसले जितेका बेला ओखलढुंगामा धेरै विकासका कार्यक्रम ल्याएको बताए ।

नेता खतिवडाले कांग्रेसले गरेका कामलाई कम्युनिस्टले उद्घाटन गर्न बेर नलगाउने बताए । कांग्रेसका नेताहरू सत्तामा नहुँदा पनि कोरोनाका बेला स्वास्थ्य सामग्री लिएर आएको उनले बताए । उनले कम्युनिस्टले कुनै पनि काम नगरेको बताएका छन् ।

नेता खतिवडाले कांग्रेसले जित्दा विकास गर्ने बताए । उनले कांग्रेसलाई कसैले पनि हराउन नसक्ने बताए ।

बालकृष्ण दाहाल र प्रदीप सुनुवारले टिकट ल्याउँदा उहाँहरूलाई जिताउनुपर्ने उनले बताए । जसले टिकट ल्याउँछ उसलाई जिताउनै पर्ने उनले बताएका छन् ।

कार्यक्रममा कांग्रेसका नेता बालकृष्ण दाहालले कांग्रेसलाई सबै मिलेर जिताउनुपर्ने बताए । उनले एकले अर्कालाई गाली गर्नेभन्दा पनि निर्वाचनका बेला मिलेर कम्युनिस्टलाई हराउनुपर्ने बताए ।

Published : Thursday, 2022 September 1, 2:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया