तरुण दलका पूर्वउपाध्यक्ष चापागाइँ भोजपुर ‘क’को टिकटमा सिफारिस
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् महासमिति सदस्य उत्तमकुमार चापागाइँले भोजपुरबाट प्रदेश सभातर्फ प्रत्यक्षमा टिकट दाबी गरेका छन् ।
नेपाल तरुण दलका पूर्वउपाध्यक्ष चापागाइँले भोजपुरको प्रदेश सभातर्फ ‘क’मा उम्मेदवार हुनका लागि नाम दर्ता गराएका हुन् ।
उनले भनेका छन्, ‘कांग्रेसको तर्फबाट भोजपुर निर्वाचन क्षेत्रको प्रदेश ‘क’बाट प्रत्यक्षतर्फ उम्मेदवार हुनका लागि सिफारिस गरी दिनुहुन प्रदेश कार्यसमिति समक्ष अनुरोध गर्दछु ।’
कांग्रेसको प्रदेश कार्यसमितिले पनि युवा नेता चापागाइँलाई जिल्लामा सिफारिस गरेको छ ।
Published : Thursday, 2022 September 1, 1:17 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया