कांग्रेस सभापति बलायरको कुराले मान्छे कुट्ने विवादित आलेको सातोपुत्लो उड्यो
डोटी । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले डोटीमा गठबन्धन नगरी कांग्रेस एक्लैले चुनाव लड्ने बताएका छन् ।
बुधबार पत्रकारहरूसँग बलायरले मंसिर ४ गतेको चुनावमा वर्तमान सत्ता साझेदार दलहरूबीच चुनावी तालमेल गर्ने निर्णय भएपनि डोटीमा चुनावी तालमेल नहुने बताए ।
‘स्थानीय तहको निर्वाचनबाट जनताले डोटीमा कांग्रेसले नेतृत्व पाउन पर्छ प्रष्ट सन्देश दिएको छ’, बलायरले भने, ‘प्रतिनिधि सभा र प्रदेश सभाका तीन वटा सिटमा कांग्रेसले उम्मेदवारी दिन्छ ।’
उनले कांग्रेस नेता कार्यकर्ताहरू चुनावी तालमेलको बिरुद्धमा रहेको बताएका छन् ।
‘जिल्लामा हामीलाई चुनावी तालमेल गर्नु जरुरी छैन’, उनले भन्, ‘यदि केन्द्रले जवरजस्ती लाग्न खोज्छ भने त्यो दुर्भाग्य हुन्छ ।’ कांग्रेस एक्लैले सजिलैसँग चुनाव लड्न सक्ने जिल्लामा अरुलाई नेतृत्व दिनु कार्यकर्ता र जनताप्रति अन्याय हुने बलायर बताएका छन् ।
उनले आधारहरू तय नगरी गरिने गठबन्धनको औचित्य नभएको समेत बताएका छन् । सभापति बलायरले भने, ‘चुनाव जित्नका लागि मात्रै गठबन्धन गर्नुको कुनै अर्थ छैन ।’
गठबन्धनका अन्य दलले धम्क्याएर, थर्काएर डोटीको नेतृत्व लिने प्रयास गरिरहेको बलायरले आरोप लगाएका छन् । ‘व्ल्याक मेलिङ्ग गरेर गठबन्धन हुँदैन, कुनै व्यक्ति विशेषका कारण चुनावी तालमेल गर्नुपर्ने जरुरी छैन’, कांग्रेसका सभापति बलायरले भनेका छन् ।
उनले सुदूरपश्चिम प्रदेश सरकार निर्लज्ज बनेको आरोप पनि लगाएका छन् । पाँच वर्षको अवधीमा प्रदेश सरकारले कुनै एउटा पनि नमूना काम गर्न नसकेको उनले बताएका छन् ।
‘प्रदेश र संघमा गरि एकै पटकमा डोटीका ४ जना मन्त्री समेत बने डोटीको इतिहास बन्यो तर, उपलब्धी केही हुन सकेन’, उनले भनेका छन् ।
‘प्रदेश सरकार आफ्ना कार्यकर्ता पाल्न र राज्यको सम्पत्ति दुरुपयोग गर्नमा मात्र सीमित छ’, उनले भनेका छन् । सभापति बलायरले डोटीमा गठबन्धन नहुने भनेपछि नेकपा (एकीकृत समाजवादी)का नेता प्रेमबहादुर आले तनाबमा परेका छन् ।
आलेले वर्तमान सरकारलाई आफूले टिकाएको भन्दै आएका छन् ।
विभिन्न काण्ड र भ्रष्टाचारहरूको आरोप लागेका आलेले कांग्रेसको साथ लिएर जित्ने योजनामा छन् । सभापति बलायरले गठबन्धन नहुने भनेपछि आलेको सातोपुत्लो उडेको छ ।
मन्त्री बनेका बेला कर्मचारी कुट्ने, जथाभावी बोल्ने, मन्त्री र सांसद पदका गरिमा राख्न नसकेका आले फेरि डोटीका जनतालाई झुक्याएर कम्युनिस्टका नाममा जित्ने योजनामा छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया