कांग्रेस नेता एवम् राज्यमन्त्री श्रेष्ठले चितवनमा नाम दर्ता गराए
भरतपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले चितवनको क्षेत्र नं. २ मा प्रत्यक्षबाट उम्मेदवार बन्न आवेदन दर्ता गराएका छन् ।
बुधबार श्रेष्ठले क्षेत्र नं. २ मा नाम दर्ता गराएको कांग्रेसका क्षेत्रीय सभापति भरत लामिछानेले जानकारी दिएका छन् । यसअघि, मंगलबार श्रेष्ठले क्षेत्र नं. १ मा नाम दर्ता गराएका थिए । पार्टीका नेता कार्यकर्ताको सरसल्लाहमा उनले क्षेत्र नं. २ मा नाम दर्ता गराएका छन् ।
राज्यमन्त्री श्रेष्ठले आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने बताउँदै आएका थिए । केन्द्रले प्रत्यक्षमा ३ जनाको मात्रै नाम पठाउन भनेको छ ।
धेरै आकांक्षी भएकोले मतदानमार्फत टुंगो लगाउने चर्चा क्षेत्र नं. २ मा चलेको छ । कांग्रेस चितवनका सभापति राजेश्वर खनाल क्षेत्र नं. २ बाट प्रत्यक्ष उम्मेदवारको दावेदार हुन् । उनले बुधबार दिउँसो उम्मेदवारी दर्ता गराएका छन् ।
प्रत्यक्षतर्फ निवर्तमान जिल्ला सभापति जीतनारायण श्रेष्ठ, महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, राजन कार्की, प्रकाश अधिकारी, राजन ताम्राकारले पनि आवेदन दर्ता गराएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया