मोहन बस्नेतद्वारा ग्यास र पहिरोपीडितलाई १० लाख सहयोग हस्तान्तरण, अग्नि सापकोटालाई तनाब
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लामा खाना पकाउने ग्यास बिस्फोट भएर घाइते भएका ९ जनाको उपचारका लागि रु. ९ लाख आर्थिक सहयोग प्रदान गरेका छन् ।
नेता बस्नेतको विशेष पहलमा भोटेकोशी गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।
काठमाडौंको बौद्धमा रहेको एक चिया पसलमा खाना पकाउने ग्यास विस्फोट भएको थियो ।
विष्फोटपछि भएको आगलागीमा भोटेकोशी गाउँपालिकाका–७ का ९ जना गम्भीर घाइते भएका थिए ।
पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता बस्नेतले सोमबार साँखुस्थित सुस्मा मेमोरियल हस्पिटलमा पुगेर ९ लाख रुपियाँ सहयोग हस्तान्तरण गरेका छन् ।
कांग्रेस महाधिवेशन प्रतिनिधि एवम् भोटेकोसी गाँउपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाले नेता बस्नेतमार्फत आर्थिक सहयोग गरिएको बताएका छन् ।
गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पा र सोही गाउँपालिकाको वडा नम्बर ५ का वडाध्यक्ष दावात्याम्बा लामाको टीमले सहयोग जुटाउन पहल गरेको थियो ।
कांग्रेस नेता बस्नेतको निर्देशनमा आफूहरूले आर्थिक सहयोग गरेको अध्यक्ष शेर्पाले बताएका छन् ।
उता, सिन्धुपाल्चोकको पिस्करमा ढुङ्गाले लागेर मृत्यु भएका १८ वर्षीय अमित थामीको परिवारलाई पनि कांग्रेस नेता बस्नेतले आर्थिक सहयोग गरेका छन् ।
त्रिपुरा सुन्दरी गाउँपालिका– ४ मा बाढीपहिरोको कारण खसेको ढुङ्गाले लाग्दा निधन भएका थामी परिवारलाई कांग्रेसले तत्काल राहत स्वरुप १ लाख ६ हजार रुपियाँ प्रदान गरेको छ ।
कांग्रेस नेता बस्नेतले उनीहरूलाई लत्ताकपडा, खाद्यान्न र भाँडाकुडा पनि सहयोग गरेका छन् ।
कांग्रेस नेता बस्नेतले पीडितहरूलाई आर्थिक सहयोग गरेपछि माओवादी केन्द्रका नेता एवम् सभामुख अग्नि सापकोटालाई तनाब भएको छ । सापकोटाले आफ्नो जिल्लाबासी र निर्वाचन क्षेत्रका पीडितलाई कुनै सहयोग गरेका छैनन् । बस्नेतको समाजसेवाबाट सापकोटालाई तनाब भएको छ ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया