प्यूठानमा चुनावका बेला एमालेभित्र पहिरो गयो, सूर्य थापाका नेता-कार्यकर्तालाई रोज राणाद्वारा स्वागत
प्यूठान । प्यूठानमा एमालका स्थानीय लोकप्रिय नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
बुधबार प्यूठानमा आयोजित विशेष कार्यक्रममा ‘ख’का क्षेत्रीय सभापति रोज राणाले नवप्रवेशी एमालेका स्थानीय नेता कार्यकर्तालाई पार्टीमा भव्य स्वागत गरेका छन् ।
नव प्रवेशीहरूले प्यूठानमा एमाले नेतृत्वको चर्को आलोचना गरेका छन् । एमालेका नेताहरू आर्थिक र नातावादमा केन्द्रित रहेको आरोप लगाएर आफूहरूले पार्टी छाडेको बताएका छन् ।
जनताले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमाले नेतृत्वको तत्कालीन कथित वाम गठबन्धनलाई राजनीतिक स्थायित्वका लागि झण्डै दुईतिहाईको बहुमत दिँदा पनि खड्गप्रसाद ओलीले सरकार र पार्टी चलाउन नसकेको आरोप कांग्रेसमा प्रवेश गरेकाहरूले आक्षेप लगाएका छन् ।
एमाले र माओवादी केन्द्रलाई बहुमत दिँदा पनि सरकारको नेतृत्व गर्न नसकेर दुई पटकसम्म ओलीले संसद विघटन गरेको आरोप उनीहरूको छ ।
कांग्रेसका क्षेत्रीय सभापति राणाले नवप्रवेशीहरूलाई पार्टीमा योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिइने बताए । उनले भने, ‘प्यूठानमा कांग्रेसप्रति कम्युनिस्टका नेता कार्यकर्ताहरूको आकर्षण बढ्गदै गएको छ ।’
‘कम्युनिस्टहरूको झुठको कुरा सबैले बुझेका छन्’, सभापति राणाले भने, ‘कम्युनिस्टले झुठ बोलेर जनतालाई सधैं भ्रममा राख्न सक्दैनन् । यो क्रमशः तोडिदै जानेछ ।’
एमालेको प्यूठान नगरपालिका युवा संघका नगर सचिव गणेश राना मगरको नेतृत्वमा ४० जनाभन्दा धेरै स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको प्यूठान कांग्रेसले जनाएको छ ।
एमालेका केन्द्रीय सदस्य सूर्य थापाको गृहजिल्ला प्यूठानबाट स्थानीय लोकप्रिय नेता कार्यकर्ताहरूले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेपछि एमालेभित्र खैलाबैला भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया