आर्थिक संकटमा गुज्रिएको श्रीलंका अफ्गानिस्तानसँग पराजित
लण्डन । एसिया कपअन्तर्गतको खेलमा श्रीलंकामाथि अफगानिस्तानले ८ विकेटको शानदार जित हात पारेको छ ।
शनिबारको खेलमा पहिला ब्याटिङ गरेको श्रीलंका १९ ओभर ४ बल खेल्दै १०५ रनमा समेटिएको थियो ।
श्रीलंकाको लागि भानुका राजपाक्षले ३८ र चमिका करुणरत्नेले ३१ रन बनाए । अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
अफगानिस्तानका लागि फजल्हक फरुकीले ३ विकेट लिए । मुजीब उर रहमान र मोहम्मद नाबीले २/२ विकेट लिएका छन् ।
जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले १० ओभर १ बल खेल्दै २ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
अफगानिस्तानका रहमानुल्लाह गुर्वाजले ४० तथा हजरातुल्लाह जाजाइले अविजित ३७ रनको पाली खेलेका छन् ।
आर्थिक संकटबाट गुज्रिएको श्रीलंका अफ्गानिस्तानसँग पराजित भएपछि क्रिकेटप्रेमीहरू निराश छन् ।
क्रिकेटमा श्रीलंका राम्रो मानिन्छ । आर्थिक संकटपछि श्रीलंकाको क्रिकेटमा पनि प्रभाव परेको संकेत देखिएको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया