नासु र खरिदारहरूले सिंहदरबारसहित पूरै देश हल्लाइदिए, डरायो सरकार

काठमाडौंं । तलब वृद्धिमा विभेद भएको भन्दै तल्लो तहका निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।

बजेट घोषणा विपरीत असमान ढंगले कर्मचारीहरूको तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन् ।

नायव सुब्बा कर्मचारीहरूले मंगलबार बिदामा बस्ने घोष्णा गरेका छन् । देशभरिका नासु कर्मचारीहरूले बिदा बस्ने निर्णय गरेको निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले बताएका छन् ।

सोमबार सिंहदरबारमा नायव सुब्बाहरूले पेन डाउन गरेर आन्दोलन गरेका छन् ।

सूचना तथा सञ्चार मन्त्रालयको हलमा भएको नासु कर्मचारीहरूको भेलाले मंगलबार देशभरिका नासु बिदामा बस्ने निर्णय गरेका छन् ।

अर्थ मन्त्री, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री, मुख्य सचिव, अर्थ सचिव र सामान्यका सचिवलाई मागको विषयमा एसएमएस गर्ने निर्णय भएको छ ।

असमान तलब वृद्धि र निजामती सेवा ऐनको विषयमा नासु कर्मचारी आन्दोलित हुँदै आएका छन् ।

उनीहरूले शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक/अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग उनीहरूको छ ।

अर्थ मन्त्रालयले बजेट घोषणाविपरीत उच्च तहको कर्मचारीहरूको तलब धेरै वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन् ।

मन्त्रालयका नासु र खरिदारहरू आन्दोलनमा उत्रिएपछि मन्त्रालयको कामकाज प्रभावित भएको छ ।

नासु र खरिदारसहित तल्लो तहका निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि सरकारलाई तनाब भएको छ ।

Published : Monday, 2022 August 8, 4:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया