तरुण दललाई कम्युप्टरसहितका प्राविधिक सामग्री प्रदान

काठमाडौं । नेपाल तरुण दललाई प्रो.डा.कोमल अर्यालले कम्युटरसहितका प्राविधिक सामानहरू उपलब्ध गराएका छन् ।

आइतबार काठमाडौंस्थित तरुण दलको मुख्यालयमा अध्यक्ष विद्वान गुरुङलाई प्रा.डा.अर्यालले कम्प्युटरसहितका सामग्री हस्तान्तरण गरेका हुन् ।

अर्यालले ल्यापटप १ थान, डेस्क्टप कम्प्युटर १ थान, हार्ड डिस्क १ थान, प्रिन्टर १ थान र किबोर्ड १ थान तरुण अध्यक्ष गुरुङलाई उपलब्ध गराएका छन् ।

तरुण अध्यक्ष गुरुङले कार्यसम्पादनमा सहयोगी भूमिका खेल्ने कम्प्युटरसहितका सामग्रीहरू उपलब्ध गराइदिएको भन्दै प्रा.डा.अर्याललाई धन्यावाद दिएका छन् ।

काठमाडौंको बानेश्वर निवास प्रा.डा.अर्याल बेलायतमा बस्दै आएका छन् ।

सामग्री हस्तान्तरण कार्यक्रममा मोना अर्याल, प्रमोद शर्मा, शान्त भण्डारी, कपिल पोख्रेल, आशिष राना, ठानप्रसाद पोखरेललगायतको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2022 August 7, 6:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया