देउवाका कारण कांग्रेसलाई संवैधानिक पद हात पर्दै, निर्विरोध हुने सम्भावना
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका कारण एउटा संवैधानिक पद प्राप्त हुने अवस्था आएको छ ।
प्रतिनिधि सभाको उप–सभामुख पद कांग्रेसले पाउने सम्भावना बढेको छ ।
बिहीबार निर्वाचनका लागि मनोनयन दर्ता हुँदैछ । बिहान ११ देखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
उम्मेदवारको नामावली प्रकाशन पनि बिहीबार हुनेछ । शुक्रबार दिउँसो ३ बजेपछि उप–सभामुख चयनका लागि मतदान हुने संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।
उप–सभामुखका लागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुषाल उम्मेदवार बन्ने भएकी छिन् ।
भुसाल कांग्रेसको सचेतक हुन् । आफूले उप–सभामुख पदमा उम्मेदवारी दर्ता भुसालले बताएकी छिन् । प्रतिपक्षीको तर्फबाट उम्मेदवारको बन्ने भन्ने टुंगो लागिसकेको छैन ।
एकमात्र उम्मेदवारी दर्ता भए निर्विरोध निर्वाचित भएको घोषणा हुनेछ । एकभन्दा बढी उम्मेदवार भए निर्वाचनबाट टुंगो लगाइनेछ ।
संविधानमा सभामुख र उप–सभामुख फरक दल र फरक लिंगबाट हुनुपर्ने व्यवस्था छ ।
सभामुख माओवादी केन्द्रबाट अग्नि सापकोटा रहेका छन् । अब उप–सभामुख अरु कुनै दलबाट र महिला हुनेछिन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया