तीन जना उच्च कर्मचारीहरूको बढुवा, सरकारबाट क–कसले पाए नियुक्तिहरू ?
काठमाडौं । सरकारले नेपाल प्रशासन सेवा सामूहिकीकरण तर्फको राजपत्राङ्कृत विशिष्ट श्रेणीको रिक्त पदमा सह–सचिव डा. गोपीकृष्ण खनाललाई बढुवा गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल कृषि तथा वन सेवा सामूहिकीकरण तर्फको राजपत्राङ्कृत विशिष्ट श्रेणीको रिक्त पदमा डा.दीपककुमार खराललाई बढुवा गरेको जानकारी दिएका छन् ।
सरकारले नेपाल स्वास्थ्य सेवाको अधिकृत १२औं तहमा प्रमुख कन्सल्टेन्ट अफटेटिसियन गाइनोकोलोजिष्ट डा.संगीता कौशल मिश्रलाई बढुवा गर्ने निर्णय गरेको छ ।
मन्त्री कार्कीले भाषा आयोगको पदमा डा. अम्मरराज गिरी, प्राध्यापक डा. कृष्णप्रसाद न्यौपाने, मातृकाप्रसाद पोखरेल, गोपालप्रसाद सराफ र अमृतयोञ्जन तामाङलाई नियुक्त गर्ने निर्णय भएको बताएका छन् ।
सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको प्राविधिक सदस्यमा रविन्द्र झा र लेखा तथा परीक्षण सदस्यमा गोकर्णप्रसाद सिटौलालाई नियुक्त गर्ने भएको छ ।
सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर संगीतकार शम्भुजित बाँस्कोटालाई नियुक्ति गरेको छ ।
अन्य सदस्य यथावत् राख्ने गरी सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर संगीतकार शम्भुजित बाँस्कोटालाई ल्याउने निर्णय गरेको मन्त्री कार्कीले बताएका छन् ।
राष्ट्रिय बाल परिषदको कार्यकारी निर्देशक पद हालको बालबालिकासम्बन्धी नियमावली २०७८ मा नभएकाले वर्तमान कार्यकारी निर्देशक मिलनराज धरेललाई पदमुक्त गरी राष्ट्रिय बाल परिषद्को उपाध्यक्षसहित तीन जना सदस्यहरू र सदस्यसचिव नियुक्त गरेको मन्त्री कार्कीले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया