चीनको सबैभन्दा शक्तिशाली दुश्मनको जन्मदिन काठमाडौंमा मनाइयो, बेइजिङमा खैलाबैला
काठमाडौं । चीनले सबैभन्दा हिट सूचीमा राखेका व्यक्ति धार्मिक नेता दलाई लामाको ८७औं जन्मदिन काठमाडौंमा भव्यताका साथ मनाइएको छ ।
बुधबार नेपालमा बसोबास गर्दै आएका तिब्बती शरणार्थीहरूले ललितपुरको जावलाखेलस्थित खुला मैदानमा दलाई लामाको जन्मदिन मनाएका हुन् ।
दलाई लामा चीनका लागि सबैभन्दा धेरै ठूलो टाउको दुखाईको विषय बनेको छ । चीन दलाई लामासँग निकै डराउँदै आएको छ । दलाई लामाका गतिविधि रोक्न र दमन गर्न चीनले सबै शक्ति प्रयोग गरिरहेको छ ।
तिब्बतबाट निर्वासित धार्मिक नेता लामा ८७ वर्ष पुगेका छन् । उनी १४औं दलाई लामा हुन् ।
कार्यक्रमको संयोजन लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालय (टिबेटिएन रेफ्युजी वेलफेयर अफिस)ले गरेको थियो । तिब्बती समुदायले जावलाखेलमा कार्यक्रमको आयोजना गरी धार्मिक नेता दलाई लामाको जन्मदिन मनाएका हुन् ।
तिब्बती समुदायले तिब्बती परम्पराअनुसार दलाई लामाको तस्बिरमा पूजाअर्चना गरी दीर्घायुको कामना गरेका थिए ।
कार्यक्रममा तिब्बती समुदायका बालबालिकाले नेपालको राष्ट्रिय गान गाएका छन् ।
कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासका उप–प्रमुख म्यानुअल पी. मिकलर, जापान, फ्रान्स, युरोपियन युनियनलगायतका विदेशी कूटनीतिज्ञ सहभागी भएका छन् ।
राजनीतिक अभिप्रायले नभई धार्मिक आस्थाअनुसार आफ्ना धार्मिक नेता लामाको जन्मोत्सव मनाइएको दाबी तिब्बती शरणार्थीले गरेका छन् ।
विश्वभर छरिएका तिब्बतीले जुलाई ६ मा धार्मिक नेता लामाको जन्मदिन मनाउँदै आएका छन् ।
चीनले स्वतन्त्र मुलुक तिब्बतलाई आफ्नो कब्जामा लिएर राखेको छ । तिब्बतका जनताले चीनको आक्रमण मन पराएका छैनन् । तिब्बतलाई चीनबाट अलग राष्ट्रको माग गर्दै दलाई लामासहितका तिब्बती जनता आन्दोलित छन् ।
चीनले चिब्बतको स्वतन्त्रताको आवाजलाई दमन गर्दै आएको छ । काठमाडौं, भारत, तिब्बत, अमेरिका, युरोपसहितका स्थानमा दलाई लामाको जन्मदिन मनाइएपछि बेइजिङलाई तनाब भएको छ । चिनियाँ राष्ट्रपति सी जिङपिङलाई तनाब भएको छ ।
चीनले दलाई लामालाई आफ्नो सबैभन्दा शक्तिशाली दुश्मनका रुपमा लिने गरेको छ । चीनले दलाई लामाका हरेक गतिविधि रोक्न खोज्दै आएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया