जिल्ला र उच्च अदालतमा न्यायाधीश नियुक्तिको बाटो खुल्यो

काठमाडौं । न्यायपरिषदले न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्डलाई पारित गरेको छ ।

मंगलबार काठमाडौंमा बसेको बैठकले उच्च र जिल्ला अदालतमा न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्ड पारित गरेको हो ।

अब जिल्ला र उच्च अदालतलमा न्यायाधीश नियुक्तिको बाटो खुलेको छ ।

न्यायपरिषद्बाट पारित मापदण्ड राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ ।

मापदण्ड पारित भएकाले अब छिट्टै न्यायाधीश नियुक्तिको प्रकृया अघि बढाउने कानूनमन्त्री कोइरालाले बताएका छन् ।

मापदण्ड पारित नहुँदा जिल्ला र उच्च अदालतमा लामो समययता न्यायाधीश नियुक्त हुन सकेका थिएनन् ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइराला, कायमुकायम प्रधान्यायाधीश दीपककुमार कार्की, न्यायाधीश हरिकृष्ण कार्की तथा परिषदका सदस्यद्वय रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारीको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2022 July 5, 10:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया