प्रहरीको कार्यालय सहयोगीको अन्तिम नतिजा सार्वजनिक, को–को उत्तीर्ण भए ?

काठमाडौं । नेपाल प्रहरीले प्रहरी कार्यालय सहयोगी (भान्छे, हजाम, सिलाई/बुनाई, कुचिकार र धोबी) पदको खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्तिको अन्तिम नतिजा प्रकाशित गरेको छ ।

प्रहरी हेडक्वाटरद्वारा बुधबार जारी भएको सूचनाअनुसार सफल भएका उम्मेदवारहरूलाई असार १६ गते बिहीबार बिहान ११ बजे तोकिएको स्थानमा सम्पर्क गर्न भनिएको छ ।

शैक्षिक योग्यताको सक्कल प्रमाणपत्र र प्रतिलिपिहरूको ३/३ प्रति, पासपोर्ट साईजको फोटा ५ प्रति साथमा लिइआउन हेडक्वाटरको निर्देशन छ ।

सूचनामा उत्तीर्ण भएका र बैकल्पिक उम्मेदवारहरूको नाम पनि सूचनामा उल्लेख छ ।

Published : Wednesday, 2022 June 29, 11:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया