मान्छेले भन्दा राम्रो काम गर्ने कुकुरहरूको आईजीपी सिंहद्वारा प्रशंसा
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले नेपाल प्रहरी केनाइन कार्यालय र नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला महाराजगंजको निरीक्षण गरेका छन् ।
शुक्रबार केनाइन कार्यालय निरीक्षणको क्रममा सिंहले कार्यालय व्यारेक, मेश, डग क्यानन, प्रयोगशाला र हर्श स्टेबल अवलोकन गर्नुका साथै कार्यालयबाट भएका गतिविधि एवं दैनिक काम कारबाहीबारे जानकारी लिएको विज्ञप्तिमा उल्लेख छ ।
आईजीपी सिंहले जटिल अपराधहरूको सफल अनुसन्धानमा केनाइन कार्यालयले दिँदै आएको योगदान महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरेका छन् ।
अपराध अनुसन्धानमा मात्र होइन भीआइपी सुरक्षा, विमानस्थल सुरक्षा, विपद्को समयमा हुने उद्दार व्यवस्थापन लगायतमा केनाइन कार्यालयले पु¥याएको योगदानको चर्चा गरेका छन् ।
‘निरीक्षणको उद्देश्य केनाइन कार्यालयको भौतिक पूर्वधारको साथै कर्मचारीको वृत्ति विकास, क्षमता अभिवृद्धिलाई अझ उन्नत बनाउन पहल गर्नु हो’, सिंहले भनेका छन् ।
केनाइन कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा.देउती गुरुङले धन्यवाद ज्ञापन गरेका छन् ।
कार्यक्रममा प्रहरी सेवामा सेवारत विभिन्न विषयका कुकुरहरूबाट प्रहरी कार्यमा हुने सहयोग सम्बन्धी प्रदर्शनी समेत गरिएको थियो ।
यसैगरी नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालाको निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले विविध विषयका प्रयोगशालाहरू अवलोकन गर्नुका साथै प्रयोगशालाबाट भएका गतिविधि एवं दैनिक काम कारबाहीबारे जानकारी लिएका छन् ।
निरीक्षण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले अपराधका नयाँ तरिका वृद्धि भइरहेको अहिलेको अवस्थामा सबुद प्रमाणित गर्न प्रयोगशालाको योगदान महत्वपूर्ण हुने बताए ।
प्रयोगशालालाई आधुनीकिकरण गर्न नयाँ प्रविधि र जनशक्ति विकासमा जोड दिइने उनले आश्वासन दिएका छन् ।
प्रयोगशालाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राकेशकुमार सिंहले प्रयोगशालाको गतिविधि, चुनौती तथा समस्याहरू एवं आगामी योजना सम्बन्धी प्रस्तुतीकरण गरेका छन् ।





बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया