मन नपरेका मान्छेलाई गाली गरेर हैरान बनाएका रवि लामिछानेले पार्टी घोषणा गरे
काठमाडौं । ‘ग्यालेक्सी फोरके टेलिभिजन’का मालिक रवि लामिछानेले ‘नागरिक स्वन्त्रत पार्टी’ (नास्वपा) घोषणा गरेका छन् ।
काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार विशेष कार्यक्रम गरेर लामिछानेले ‘नासोपा’ घोषणा गरेका हुन् । उनले आजै नासोपालाई निर्वाचन आयोगमा दर्ता गर्ने र बसुन्धरामा पार्टी कार्यालय स्थापना गर्ने बताएका छन् ।
लामिछानेले आफ्नो पार्टीमा नातावाद नहुने बताए । उनले कार्यक्रममा आएकी पत्नी निकिता पौडेललाई राजनीतिमा आउन सहयोग गरेकोमा ध्यावाद दिए ।
राजनीतिक दलका नेताहरूलाई गालीगलौज गरेका लामिछानेले झापा, चितवन र डडेल्धुरामा आफूलाई निर्वाचनमा प्रतिस्पर्धामा उत्रिन मन भए पनि पराजित हुने डरले तत्काल ती जिल्लाबाट उम्मेदवार नबन्ने बताए ।
टेलिभिजन कार्यक्रममा राजनीतिक दल, नेता, व्यापारी, कर्मचारीलगायतको मानमर्दन गरेर हुर्मत लिएका लामिछानेले दल बनाएर राजनीतिमा होमिएका छन् ।
आत्महत्याको दुरुत्साहन आरोपमा चितवनको हिरासतमा थुनिएका लामिछाने अमेरिकाबाट नेपाल आएका हुन् । आफ्नी जेठी पत्नीलाई डिभोर्स दिएर लामिछानेले निकिता पौडेलसँग विवाह गरेका हुन् ।
लामिछानेलाई टेलिभिजन कार्यक्रम चलाउँदा विभिन्न व्यापारी, व्यक्ति र भू–माफियाहरूसँग बार्गेनिङ गरेको आरोप पनि छ ।
उनले ग्यालेक्सी फोरके टेलिभिजन स्थापना गर्दा कहाँबाट पैसा ल्याएर खोलेका हुन् कसैलाई पनि स्रोतका बारेमा केही भनेका छैनन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया