आलेको रमिता हेर्न माधव–झलनाथ–बेदुरामलाई सूर्य थापाको सुझाव

काठमाडौं । एमालेका केन्द्रीय सदस्य सूर्य थापाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको रमिता हेरेर बस्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमार्फत मंगलबार बिहान नेता थापाले आलेको रमिता हेरेर बस्न माधवकुमार नेपाल, झलनाथ खनाल र बेदुराम भुसाललाई सुझाव दिएका हुन् ।

‘एमाले फुटाउन २० प्रतिशत सांसद संख्या पुर्‍याएर मन्त्री पड्काएकाहरूले अब माधवकुमार नेपालको आदेशमा मन्त्री छाड्ने ?’, थापाले प्रश्न गर्दै लेखेका छन्, ‘यो किमार्थ हुनेछैन । माधवकुमार नेपालले मन्त्री बनाएको नभएर उहाँलाई अध्यक्ष बनाएकाहरू देउवा र प्रचण्डको सहयोगमा मन्त्री कायम रहिरहनेछन् ।’

उनले भने, ‘जेएन, माधवकुमार र बेदुगुरूले हटाउन तागत पुग्ने छैन । पुच्छरले टाउको हल्लाउनु हल्लायो…।’

‘आले रमिता हेर बस…! कवि वासुदेव अधिकारीको एकटुक्रा घतलाग्दो कविता– टाउकामा कीरै कीरा, …गोडातिर मलम, चोटाकोठा आगैआगो…अन्तैतिर कलम ! हजुर, हामी कसो गरम् ?’, थापाले लेखेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षलाई आफ्नै कार्यकक्षमा बोलाएर हातपात गर्नुका साथै तल्लोस्तरको शब्दमा गालीगलौज गरेका थिए ।

आले आफ्नो मन्त्री पदको गरिमा बचाउन नसकेका टिकाटिप्पणी भएका बेला एमालेका नेता थापाले पनि आलेको रमिता हेर्न सबैलाई सुझाव दिएका छन् ।

Published : Tuesday, 2022 June 21, 8:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया