लुम्बिनीका सभापति पुनको जिल्लामा कांग्रेसको लज्जास्पद हार, दिक्क भए कार्यकर्ता

रोल्पा । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले आफ्नो गृहजिल्ला रोल्पामा जिल्ला समन्वय समिति (जिसस)मा बीउ पनि बचाउन नसक्ने गरी कांग्रेसलाई हराएका छन् ।

रोल्पाको जिससमा कांग्रेसको लज्जास्पद हार भएको छ । आइतबार भएको निर्वाचनमा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । उप–प्रमुख बाहेक सबै पदमा माओवादी निर्विरोध भएको छ ।

उप–प्रमुखमा पनि माओवादीका कर्मलाल परियार निर्वाचित भएका छन् । परियारले कांग्रेसका टेकबहादुर बस्नेतलाई हराएका हुन् ।

माओवादीका परियारले १३ मत पाएका थिए भने कांग्रेसका बस्नेतले ५ मत प्राप्त गरेका थिए । एक मत बदर भएको थियो । एमालेले मतदानमा सहभागिता जनाएन ।

नव निर्वाचित प्रमुख आचार्य लुम्विनी प्रदेशका सभामुख पूर्णवहादुर घर्ती मगरको श्रीमती हुन् । उप–प्रमुख परियार यसअघि जिल्ला समन्वय समिति रोल्पाको सदस्य थिए ।

सदस्यहरूमा माओवादीका ईन्द्रबहादुर रोका, केवलप्रसाद घर्ती, शेरबहादुर पुन, निलम सुनार, जितकुमारी बिक, मीना सुनार र शर्मिला पुन मगर सर्वसम्मत भएका छन् ।

बीस मतदाता रहेको रोल्पामा माओवादी केन्द्रको १४, कांग्रेसको पाँच र एमालेको एक मतदाता रहेको छ ।

रोल्पामा पटक–पटक जिल्ला सभापति भएका पुन लुम्बिनी कांग्रेसको सभापति छन् । आफ्नै जिल्ला रोल्पा सम्हाल्न नसकेका पुनले लुम्बिनी कांग्रेसलाई कसरी सम्हाल्छन् भनेर प्रश्न उठेको छ ।

कसैसँग सरसल्लाह र परामर्श नगरेर निर्णय गर्ने गरेको भनेर आरोप खेप्दै आएका सभापति पुनले आफ्ना विरोधीहरूमाथि प्रतिशोध राख्ने गरेको आरोप छ ।

सभापति पुनले लुम्बिनी प्रदेशका जिल्लाहरूको स्थानीय तहमा भएको कांग्रेसको पराजयको हारको जिम्मेवारी लिनुपर्ने आवाज उठ्न थालेका छन् ।

Published : Sunday, 2022 June 12, 11:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया