किसानलाई मल र बीउ उपलब्ध गराउन कांग्रेस सांसद देवकोटाको माग
काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी प्रमुख सचेतक अनिता देवकोटाले किसानलाई रासायनिक मल र बीउ उपलब्ध गराउन माग गरेकी छिन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवकोटाले हरेक वर्ष किसानले समयमा रासायनिक मल र बीउ नपाएको भन्दै चिन्ता जनाएकी हुन् ।
‘वर्षात शुरु भएपनि किसानलाई आवश्यक पर्ने रासायनिक मल र उन्नत बीउविजनको अभाव छ । सरकार अभिभावक हो’, उनले भनेकी छिन्, ‘यथाशीघ्र सरकारले रासायनिक मल र बीउको उपलब्धता गराउन सरकारसँग आग्रह गर्न चाहन्छु ।’
उनले भनेकी छिन्, ‘यो वर्ष मात्र होइन हरेक वर्ष खेतीको समयमा मलको अभाव हुन्छ । मल र बीउको समस्या दीर्घकालीन रुपमा समाधान गर्नको लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
‘यस वर्षको मनसुनमा प्रदेश १ का मधेशका अधिकांश र बागमतीका अधिकांश भेग बाहेक अन्य सबै क्षेत्रमा औसतभन्दा धेरै वर्षात हुने जल तथा मौसम विज्ञान विभागको अनुमान छ’, कांग्रेस सांसद देवकोटाले भनेकी छिन् ।
‘यस वर्ष १७ लाख नागरिक वर्षातबाट प्रभावित हुने प्रक्षेपण गरेका छन्’, उनले भनेकी छिन्, ‘सरकारले विपतबाट बचाउन के छ सरकारको तयारी ?’
‘सीमावर्ती क्षेत्रमा भारत सरकारले बनाएको बाँध, तटबन्धन, अग्ला सडक, रेलमार्ग, व्यारेज र नहर प्रणाली लगायतका संरचनाले पनि तराईका बस्ती र खेतीवारी यस वर्ष पनि डुबानको जोखिममा छन्’, उनले भनेकी छिन्, ‘सीमावर्ती क्षेत्रमा डुबानको जोखिम उच्च बनाएको छ ।’
सांसद देवकोटाले भनेकी छिन्, ‘सरकारले कुटनैतिक पहलका साथ अविलम्ब समस्याको समाधान गर्नुपर्छ ।’
‘जथाभावी प्लटिङ हुनुले पनि बाढीको जोखिम बढेको छ’, प्रमुख सचेतक देवकोटाले भनेकी छिन् ।
‘सरकारले जनतासँग जोडिएका हरेक मुद्धामा चुक्ने छुट यो सरकारलाई छैन’, उनले भनेकी छिन्, ‘ नागरिकलाई केन्द्रविन्दुमा राखेर आफ्ना सम्पूर्ण कार्यहरूमा अगाडि बढाउनुपर्छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया