लुम्बिनी कांग्रेसका ७ जिल्लामा यी हुन् प्रमुख र उप–प्रमुखका उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले ७ वटा जिल्लाहरूमा जिल्ला समन्वय समितिको प्रमुख र उप–प्रमुखको टुंगो लगाएको छ ।

लुम्बिनी कांग्रेसका अनुसार नवलपरासीको प्रमुखमा वालिन्द्रविक्रम शाहीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

कपिलवस्तुको प्रमुखमा ज्ञानबादुर कार्की, गुल्मीको प्रमुखमा द्रोणबहादुर खत्रीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

पाल्पाको प्रमुखमा यमलाल तिमिल्सेना, दाङको प्रमुखमा नित्यानन्द शर्मा, दाङको उप–प्रमुखमा चेतना चौधरीलाई उम्मेदवार दिने निर्णय भएको बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

बाँकेको प्रमुखमा ज्ञानेन्द्रकुमार चौधरी, बाँकेको उप–प्रमुखमा सीता कार्की, बर्दियाको प्रमुखमा सूर्यबहादुर विष्ट र बर्दियाको उप–प्रमुखमा अमिताकुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

जिल्लाबाट सिफारिस भएर आएअनुसार प्रमुख र उप–प्रमुखमा उम्मेदवर बनाउने निर्णय भएको छ ।

Published : Wednesday, 2022 June 8, 7:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया