नेपालमा रहेका भारतीय नागरिकहरूले विवरण दर्ता गराउनुपर्ने

काठमाडौं । नेपालमा रहेका भारतीय नागरिकले नेपालका लागि भारतीय राजदूतावास, काठमाडौंमा आफ्नो विवरण दर्ता गराउनुपर्ने भएको छ ।

भारतीय दूतावासले सूचना जारी गरेर नेपालमा रहेका भारतीय नागरिकहरूलाई दर्ता हुन आग्रह गरेको हो । दर्ता भएका भारतीय नागरिकले मात्रै कूटनीतिक सुविधा पाउनेछन् ।

यसका लागि दूतावासको वेबसाइटमा गएर अनलाइन अपोइन्टमेन्ट बुक गर्न सकिने सूचनामा उल्लेख छ ।

दर्ताका लागि भारतीय नागरिक भएको प्रमाण पासपोर्ट वा भोटर आईडी कार्ड, जागिर, विद्यार्थी आदिका लागि सम्बन्धित संस्थाको पत्र, नेपालमा बस्दै आएको ठेगानाको प्रमाण र दुई थान पासपोर्ट साइजको फोटो अनिवार्य हुने दूतावासले जनाएको छ ।

Published : Wednesday, 2022 June 8, 8:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया