बालेन्द्रद्वारा प्रचण्डसँग भेट

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई सुटुक्क भेट गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गरेका छन् ।

स्वतन्त्रबाट मेयरमा निर्वाचित शाहले शनिबार बिहान ललितपुरको लाजिम्पाटस्थित निवासमा पुगेर दाहालसँग भेट गरेका हुन् ।

मेयर शाहले अध्यक्ष दाहालसँग फोहर व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको बुझिएको छ ।

Published : Saturday, 2022 June 4, 2:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया