नाम चलेका व्यक्ति उत्पादन गरेको विद्यालय ५५औँ वर्षमा प्रवेश, खतिवडाद्वारा खुशी व्यक्त
ओखलढुंगा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगाको हिमालय उच्च माविले उत्पादन गरेका विद्यार्थी मुलुकको उच्च पदहरूमा पुगेको भन्दै खुशी व्यक्त गरेका छन् ।
ओखलढुंगाको सिद्दिचरण नगरपालिकामा शुक्रबार हिमालय उच्च माविको ५५औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै खतिवडाले उच्च माविले मुलुक चलाउने होनहार व्यक्तित्वहरू उत्पादन गरेको बताए ।
उनले विद्यालयको भवन बनाउन नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङगद कटवालद्वारा गरिएको योगदानको प्रशंसा गरेका छन् ।
नृपध्वज कार्की, जितबहादुर कार्की, चित्रकुमार पोखरेल, रमेश पोखरेल, शंकर शर्मासहितका व्यक्तिहरू हिमालय उच्च माविको उत्पादन रहेकोमा पनि खतिवडाले खुसी व्यक्त गरेका छन् ।
कांग्रेस नेता खतिवडाले ओखलढुंगाका सबै गाउँमा विजुली लैजाने विषयमा आफू गम्भिर रहेको बताएका छन् । त्यसका लागि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेट गरेर योजनाहरू अगाडि बढाउन आग्रह गरेको उनले बताएका छन् ।
त्यसैगरी कांग्रेस नेता खतिवडाले पिच हुन बाँकी रहेका सडकहरू पिच गर्न पहल गर्ने आश्वासन पनि दिएका छन् ।
कार्यक्रममा कांग्रेसका पार्टी सभापति एवम् सिद्दिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनाल, उप–मेयर केदारबाबु बस्नेतलगायतको उपस्थिति रहेको थियो ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया