युट्युबर बोकेर बालेन र सुनिता सिसडोल पुगे, अहिलेसम्म सिन्को भाँच्न सकेनन्
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर र उप–मेयरमा नवनिर्वाचित भएर आएको दुई हप्ता हुनै लाग्दा मेयर बालेन्द्र शाह ‘बालेन’ र उप–मेयर सुनिता डंगोलले फोहर व्यवस्थापनमा सिन्को पनि भाँच्न सकेका छैनन् ।
मिडियावाजी गरेर चर्चामा आएका बालेन्द्र र सुनिताले दैनिक सरह युट्युबर बोकेर केहिले कता, कहिले कता गएर आफ्ना भिडियोहरू सार्वजनिक गर्ने गरेका छन् ।
काठमाडौंका सडकहरूमा फोहरको थुप्रो रहेको चार महिना हुन थालेको छ । सडकमा हिँड्न सक्ने अवस्था छैन ।
यसैक्रममा शुक्रबार बालेन्द्र र सुनिताले सर्जिकल मास्क लगाएर युट्युबर र केही टेलिभिजनका पत्रकारहरूलाई लिएर सिसडोलको भ्रमण गरेका छन् । त्यस क्रममा सिसडोलका जनताले आफ्ना समस्या सुनाएका छन् ।
करीव ४ महिनादेखि सहज रुपमा उठ्न नसकेको काठमाडौंको फोहरलाई बालेन्द्र र सुनिताले तत्काल उठाउने छाँटकाँट देखाएका छैनन् । उनीहरू अनुगमन, भ्रमण र छलफलमै केन्द्रित छन् ।
बालेन्द्र शुक्रबार उप–मेयर सुनितालाई लिएर दोस्रो पटक सिसडोलमा पुगेका हुन् ।
मतगणनाका क्रममा जित सुनिश्चित भएका बेला बालेन्द्रले बालकोटमा पुगेर एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग सुटुक्क भेट गरेका थिए ।
एमालेका नेताहरूले त्यो गोप्य भेटको तस्वीर तीन दिन अगाडि सार्वजनिक गरिदिएपछि बालेन्द्रको कहाँबाट सञ्चालित छन् भन्ने कुरा बाहिर आएको टिप्पणीहरू भएका थिए ।

एमालेका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले गत फागुन महिनादेखि काठमाडौंको फोहर उठाउन सकेका थिएनन् ।
अहिले तिनै मेयर शाक्यको सल्लाहाकार रहेकी एमालेकी सुनितालाई काठमाडौंका मतदाताले जिताएका छन् । मेयरमा स्वतन्त्रका बालेन्द्रलाई जिताएका छन् ।
बालेन्द्र र सुनिताको काम ‘केटाकेटी’ पाराको भएको भन्दै आलोचना शुरु भएको छ ।
मेयर शाह र उप–मेयर सुनिताले बिहीबार साँझ सहरी विकासमन्त्री रामकुमारी झाँक्री काठमाडौंको फोहर व्यवस्थापनका विषयमा छलफल गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया