थोत्रा जहाज उडाएको आरोप खेपेको तारा एअरद्वारा जोमसोमका सबै उडान रोक्यो
काठमाडौं । तारा एअरले पोखरा–जोमसोम–पोखराको उडान एक हप्ताका लागि स्थगित गरेको छ ।
आइतबार पोखरा–जोमसोमको उडानमा तारा एअरको जहाज मुस्ताङमा दुर्घटना भएको थियो । चालकदलसहित दुर्घटनामा २२ यात्रुको मृत्यु भएको थियो ।
दुर्घटनामा भएलगत्तै तारा एअरले आफ्नो उडानलाई जेठ २० देखि जेठ २७ गतेसम्म नियमित उडानहरू हाललाई स्थगित गरेको सूचनामार्फत जनाएको छ ।
तारा एअरको जहाज दुर्घटनामा परेर ज्यन गुमाएकाहरूलाई बिहीबार आफन्तलाई शव बुझाइएको छ ।
जहाज दुर्घटनाका विषयमा विभिन्न अड्कलबाजी भइरहेका छन् । मौसमका कारण जहाज दुर्घटना भएको हुन सक्ने पनि चर्चा छ ।
कसैले तारा एअरको जहाज ४० वर्ष पुरानो र जिर्ण अवस्थामा रहेका कारण दुर्घटना भएको आरोप पनि छ ।

Published : Thursday, 2022 June 2, 4:08 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया