गृहमन्त्री खाणको विशेष कामबाट एमाले मुर्छा पर्ने अवस्थामा पुग्यो
काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका गृहमन्त्री बालकृष्ण खाणले आर्थिक वर्ष २०७९/८० को बजेटमा १७ वटा कार्यक्रमहरू राखेका छन् ।
खाणको पहलमा रुपन्देहीको कर्साघाटमा आधुनिक कृषि उपज निर्यात बजार निर्माणको कार्यक्रम पारेका छन् ।
‘भैरहवा विशेष आर्थिक क्षेत्रलाई पूर्णरूपमा सञ्चालनमा ल्याइनेछ’, कार्यक्रममा भनिएको छ, ‘विशेष आर्थिक क्षेत्रमा विद्युत् विस्तार, सवस्टेशन निर्माण र अहिले रहेको ५२ विघा जग्गालाई १०० विघा पुर्याउने पहल हुनेछ ।’
‘भैरहवाको एकीकृत जाँचचौकी निर्माण कार्य प्रारम्भ गरिनेछ’, खाणले राखेको कार्यक्रममा भनिएको छ, ‘यसले द्विपक्षीय व्यापार र पारवहनलाई सहज पुग्ने अपेक्षा छ ।’
गृहमन्त्री खाणको पहलमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनमा ल्याइनेछ ।
हवाइ तथा यात्रु चापको विश्लेषणको आधारमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य अगाडि बढाउने कार्यक्रम पनि परेको छ ।
रुपन्देहीको सैनामैनामा ट्रमा सेन्टर स्थापना गर्ने कार्यक्रम पनि बजेटमा परेको छ ।
गुणस्तरीय स्वास्थ्य शिक्षा र सेवाको विस्तार गरी प्रादेशिक सन्तुलन कायम गर्न विश्वविद्यालयहरूसँगको सहकार्यमा प्रदेश सरकारअन्तर्गतका अस्पतालहरूमा मेडिकल कलेज स्थापना गर्ने नीति पनि बजेटमा उल्लेख छ ।
बुटवल मेडिकल कलेज र लुम्बिनी प्रादेशिक अस्पतालमा सम्बन्धित विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज सञ्चालन गर्ने व्यवस्था मिलाइने कार्यक्रम समावेश गरिएको छ ।
चितवन–रामपुर–बुटवल द्रुतमार्ग निजी क्षेत्रको लगानीमा निर्माण गर्न लगानी बोर्ड नेपालमार्फत प्रक्रिया अगाडि बढाइने कार्यक्रम पनि खाणले बजेटमा राखेका छन् ।
यसबाट काठमाडौंदेखि बुटवलसम्मको यात्रा अवधि उल्लेख्य मात्रामा छोट्टिनेछ ।
आगामी वर्ष नारायणघाट–बुटवल खण्ड विस्तार कार्य सम्पन्न गरिनेछ । बुटवल–गोरुसिंगे सडकखण्डको विस्तार कार्य सुरु गरिने कार्यक्रम बजेटमा छ ।
प्रमुख व्यापारिक नाकाहरूलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्न बेलहिया–बुटवल सडकको विस्तार तथा स्तरोन्नति कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने कार्यक्रम पनि छ ।
सिद्धार्थ राजमार्गको बुटवल–पाद्यप सडकमा पर्ने सिद्धबाबा खण्डमा सुरुङ मार्ग निर्माणको कार्य सुरु गर्ने कार्यक्रम पनि खाणले राखेका छन् ।
नवलपरासीको दुम्किबास–बर्दघाट र धादिङको माझिमटार–चितवनको शक्तिखोरमा सुरुङमार्गको अध्ययनकार्य सम्पन्न गरिने कार्यक्रम पनि खाणले समावेश गराएका हुन् ।
बुटवलको तिनाउ नदीमा बहु–उपयोगी सिग्नेचर पुल निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने कार्यक्रम पनि बजेटमा उल्लेख छ ।
भैरहवा–बुटवलमा ट्राम यातायातको सम्भाव्यता अध्ययन गरिनेछ ।
बुटवल–गोरखपुर ४०० के.भी. प्रसारण लाइन निर्माण आरम्भ गरिनेछ । बुटवल–लमही–दोदोधारा खण्डको ४०० के.भी एवं रातामाटे–दमौली–बुटवल ४०० के.भी. प्रसारण लाइन निर्माण कार्य अघि बढाइनेछ ।
बुटवलमा इन्टरनेट एक्सचेञ्ज सेन्टर निर्माणको सम्भाव्यता अध्ययन गरिनेछ ।
रुपन्देहीको तिनाउ दानव नदीमा सहरी नदी करिडोरको अवधारणा अनुरुप तटबन्ध निर्माण र वस्ती संरक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।
रूग्ण तथा बन्द प्राय अवस्थामा रहेको बुटवल धागो कारखाना उपयुक्त ढाँचामा सञ्चालनमा ल्याइने कार्यक्रम पनि गृहमन्त्री खाणले बजेटमा राखेका छन् ।
कांग्रेस नेता एवम् गृहमन्त्री खाणको विशेष पहलमा ठूलो र दीर्घकालीन योजनाहरू बजेटमा समावेश भएपछि एमालेलाई तनाब भएको छ । एमालेका सांसदहरूले बजेटको छलफलमा दिएको अभिव्यक्तिबाट उनीहरू सन्तुष्ट देखिएका छैनन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया