७७ जना प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ७७ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा रामशाहपथमा संचालित ट्राफिक नियन्त्रण तालिम १४३औं समूहअन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।

ट्राफिक प्रहरी कार्यालयमा सोमबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् ।

प्रहरी वरिष्ठ उपरीक्षक जोशीले तालिममा प्राप्त गरेको ज्ञान सिपलाई कार्यक्षेत्रमा लागू गर्नुपर्नेमा जोड दिए ।

आफ्नो कामप्रति समर्पण भई कुशल व्यवसायिक क्षमता प्रदर्शन गरी नागरिकमैत्री सेवा प्रदान गर्न प्रशिक्षार्थीहरूलाई उनले निर्देशन दिएका छन् ।

कार्यक्रममा प्रहरी निरीक्षक सरोज प्रजापतिले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत फागुन २९ गतेदेखि संचालित ४५ कार्य दिन अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ७ जना र प्रहरी जवान ६८ जना गरी कुल ७७ जना प्रशिक्षार्थीहरूले तालिम हासिल गरेको जानकारी दिए ।

Published : Tuesday, 2022 May 31, 9:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया