खतिवडाको उप–समितिले बुझायो कांग्रेसलाई प्रतिवेदन, निर्वाचनपछि कुन दुलामा पसे ओली ?
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् निर्वाचन सुरक्षा निकाय समन्वय उप–समितिका संयोजक रामहरि खतिवडाले आफ्नो उप–समितिको प्रतिवेदन बुझाएका छन् ।
नेता खतिवडाले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक एवम् कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्कालाई सुरक्षा निकाय उप–समितिको प्रतिवेदन बुझाएका हुन् ।
स्थानीय तहको निर्वाचनमा कांग्रेस ठूलो पार्टी बनेको बताएका खतिवडाले भने, ‘सभापति शेरबहादुर देउवा, उप–सभापति पूर्णबहादुर खड्का, गृहमन्त्री बालकृष्ण खाणसहितका नेता र कार्यकर्ताको संयुक्त प्रयासमा कांग्रेस सफल भएको छ ।’ उनले आगामी दिनमा पनि गठबन्धन गरेर जानुपर्ने बताएका छन् ।
उप–समितिले सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको दुरदर्शी निर्णय, उप–सभापति खड्काको संयोजन र गृहमन्त्री बालृकष्ण खाणको नेतृत्वमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको ठहर गरेको खतिवडाले बताए ।
तीन घण्टा प्रतिनिधि सभामा भाषण गर्दा पनि एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले निर्वाचनमा धाँधली भयो भनेर बोल्न नसकेको खतिवडाले बताए । उनले भने, ‘सरकारले स्थानीय तहको निर्वाचन एकैचरणमा सम्पन्न गरेको छ । प्रमुख प्रतिपक्ष दलको नेताले संसदमा तीन घण्टा पट्यार लाग्ने भाषण गर्नुभयो । कतै पनि धाँधली भयो भनेर बोल्न सक्नुभएन ।’
छिटफुट घटना बाहेक स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सफल भएको खतिवडाले बताए । उनले गृहमन्त्री खाणलाई विशेष धन्यावाद दिएका छन् ।
नेता खतिवडाले स्थानीय तहको निर्वाचनपछि एमालेका अध्यक्ष ओली बालकोटमा हराएको बताए । ‘निर्वाचन अगाडि हु ईज केपी ओली ? भन्नेहरू निर्वाचनपछि होयर केपी ओली ? भन्न थालेका छन्’, उनले भने ।
उप–समितिले आगामी दिनमा कांग्रेसले अझैँ एकतावद्ध बनाएर देशव्यापरी रुपमा कार्यकर्तालाई परिचालन गरेर संगठन बलियो बनाउँदै मनमुटावहरूलाई अन्त्य गरी प्रतिनिधि सभा (संघ) र प्रदेशको चुनावमा अझै एकताबद्ध भएर गठबन्धनसहित अगाडि बढ्यौँ भने कांग्रेसफेरि पनि पार्टी हुने निष्कर्षसहितको सुझाव दिएको छ । त्यसका लागि पहल गर्नुपर्ने जरुरी देखेको खतिवडाले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया