सशस्त्र प्रहरीद्वारा शव संकलन, यसरी गर्दैछ उद्धार (तस्वीरहरू)
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले दुर्घटनामा परेको तारा एअरको जहाजका यात्रुको शव संकलन गरेको छ ।
पोखराबाट जोमसोमको लागि उडेको तारा एअरको जहाज मुस्ताङको थासाङ गाउँपालिका– २ सानुसरे डाँडामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको सशस्त्र प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लख छ ।
सम्पर्क विहीन भएको तारा एअरको जहाज खोजीकार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङबाट सशस्त्र प्रहरी निरीक्षक मीनबहादुर केसीको कमाण्डमा २५ जनाको टोली सोमबार बिहान १०:५५ बजे त्यसठाउँमा पुगि उद्धार कार्यमा सकृयताकासाथ जुटेको छ ।
(तस्बिर सौजन्य सशस्त्र प्रहरी बल नेपाल)






Published : Monday, 2022 May 30, 1:51 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया