गोदावरीमा नवराज सिलवाको पार्टीले वडामै खाता खोल्न सकेन, कांग्रेसले सिध्यायो
चापागाउँ । ललितपुरका गोदावर नगरपालिकामा कांग्रेसले वडाहरूमा शानदार जित हासिल गरेको छ ।
कांग्रेसले ९ वटा वडामा वडाध्यक्ष जितेको छ । माओवादीले २ वटा वडामा वडाध्यक्ष जितेको छ । एमालेले एउटा पनि वडाध्यक्ष जित्न सकेको छैन ।
गोदावरीमा १४ वडा छन् । अब ११ वटा वडाको अन्तिम नतिजा निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । ३ वटा वडाको नतिजा सार्वजनिक गर्न बाँकी छ ।
गोदावरको वडा नं. १ मा कांग्रेसका ३९ वर्षीय राज थापाले जितेका छन् । थापाले १४३७ मत पाएका छन् । थापासँग एमालेका ५४ वर्षीय नन्दबहादुर श्रेष्ठ पराजित भएका छन् ।
वडा नं. २ मा कांग्रेसका ४२ वर्षीय मनोहर सिलवाल १०४१ मतसहित वडाध्यक्षमा निर्वाचित भएका छन् । सिलवालसँग एमालेका ४३ वर्षीय पुष्कर गिरी ९४७ मतसहित पराजित भएका छन् ।
वडा नं. ३ मा माओवादी केन्द्रका ४० वर्षीय सानुराज घिमिरे १०५८ मतसहित विजयी भएका छन् । घिमिरेसँग एमालेका ४७ वर्षीय श्रीराम आचार्य पराजित भएका छन् ।
वडा नं. ४ मा कांग्रेसका ५४ वर्षीय सानुभाइ नगरकोटी १ हजार मतसहित विजयी भएका छन् । नगरकोटीसँग माओवादीका ५२ वर्षीय मुकुन्दबहादुर पहरी ७१७ मतसहित पराजित भएका छन् ।
वडा नं. ५ मा कांग्रेसका ३९ वर्षीय मिलन सिलवाल १४६६ मतसहित विजयी भएका छन् । सिलवालसँग एमालेका ४४ वर्षीय यमकुमार श्रेष्ठ १०२७ मतसहित पराजित भएका छन् ।
वडा नं. ६ मा कांग्रेसका ५० वर्षीय विष्णुमान महर्जन ८१८ मतसहित विजयी भएका छन् । महर्जनसँग एमालेका ३७ वर्षीय सुमन खड्का ८१० मतसहित पराजित भएका छन् ।
वडा नं. ७ मा कांग्रेसका ३४ वर्षीय मथुराप्रसाद शर्मा ८२९ मतसहित विजयी भएका छन् । शर्मासँग एमालेका २८ वर्षीय कृष्ण तामाङ ६०७ मतसहित पराजित भएका छन् ।
वडा नं. ८ मा माओवादीका ५३ वर्षीय शुकबहादुर लामा ६५४ मतसहित विजयी भएका छन् । लामासँग कांग्रेसका ५६ वर्षीय जयराम खड्का ५८३ मतसहित पराजित भएका छन् ।
वडा नं. ९ मा कांग्रेसका ४६ वर्षीय आत्मााम थापा क्षेत्री १०८४ मतसहित विजयी भएका छन् । क्षेत्रीसँग एमालेका ३४ वर्षीय लक्ष्मीबहादुर नगरकोटी ७६९ मतसहित पराजित भएका छन् ।
वडा नं. १० मा कांग्रेसका ३८ वर्षीय शेखर न्यौपाने १५९७ मतसहित विजयी भएका छन् । न्यौपानेसँग एमालेका ४० वर्षीय प्रकाश केसी १३६९ मतसहित पराजित भएका छन् ।
वडा नं. ११ मा ५९ वर्षीय कांग्रेसका निलबहादुर देशार २४२६ मतसहित विजयी भएका छन् । देशारसँग एमालेका ३८ वर्षीय मिथुन महर्जन १२०४ मतसहित पराजित भएका छन् ।
यसैबीच, कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले गोदावरी नगरपालिकामा निर्वाचित कांग्रेसका वडाध्यक्ष र सदस्यहरूलाई बधाई दिएका छन् । महर्जन गोदावरी नगरपालिकामा कांग्रेसका उम्मेदवारहरूलाई जिताउन कमाण्डका रुपमा खटिएका थिए ।
गोदावर नगरपालिकामा अब वडा नं. १२, १३ र १४ को मतगणनाको अन्तिम नतिजा आउन बाँकी छ ।
वडा नं. १२ मा कांग्रेसका ४९ वर्षीय जगतबहादुर महर्जन उम्मेदवार छन् । वडा नं. १३ मा कांग्रेसका ५० वर्षीय भास्कर थापा उम्मेदवार छन् । वडा नं. १४ मा ३४ वर्षीय निरोज बज्राचार्य उम्मेदवार छन् ।
गोदावर नगरपालिकाको मेयरमा कांग्रेसका ४९ वर्षीय गजेन्द्र महर्जन उम्मेदवार छन् । महर्जनले अग्रता लिइरहेका छन् ।
महर्जनलाई एमालेका ५४ वर्षीय गम्भीरबहादुर रानाले पछ्याइरहेका छन् ।
उप–मेयरमा कांग्रेसकी ५२ वर्षीया मुना अधिकारीले अग्रता लिइरहेकी छिन् । अधिकारीलाई एमालेकी ४७ वर्षीया रमी प्रधानाङ्गले पछ्याइरहेकी छिन् ।
एमालेका नवराज सिलवालको निर्वाचन क्षेत्रमा पर्ने गोदावरीमा एमालेले खाता खोल्न नसकेपछि एमालेभित्र खैलाबैला भएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया