आशा नगरेको नगरपालिका पनि कांग्रेसले जित्यो, १४ मध्ये ९ वडाध्यक्ष विजयी

तानसेन । पाल्पा जिल्लाको तानसेनमा नेपाली कांग्रेसका मेयरका उम्मेदवार सन्तोषलाल श्रेष्ठ विजयी भएका छन् ।

निर्वाचन कार्यालयका अनुसार उप–मेयरमा माओवादी केन्द्रकी उम्मेदवार प्रतीक्षा सिंजाली विजयी भएकी छिन् । तानसेनमा ५ दलीय गठबन्धनले साझा उम्मेदवार उठाएका थिए ।

मेयरमा विजय भएका श्रेष्ठले ११ हजार २ सय ७३ मत प्राप्त गरेका छन् ।

निकटतम प्रतिस्पर्धी एमालेका धनेन्द्रराज घिमिरेले १० हजार ३ सय ९४ मत प्राप्त गरेका छन् । घिमिरे एमालेको पाल्पा अध्यक्ष पनि हुन् ।

उप–मेयरमा विजयी भएकी माओवादीकी सिंजालीले ११ हजार १ सय ५१ मत प्राप्त गरेकी छिन् ।

निकटतम प्रतिस्पर्धी एमालेकी शशि श्रेष्ठले १० हजार ३ सय ७२ मत प्राप्त गरेकी छिन् ।

तानसेन नगरपालिकाका १४ वटा वडामध्ये कांग्रेसले ९ वटा वडामा जित हासिल गरेको छ । ४ वटा वडामा एमाले र १ वडामा माओवादी केन्द्र विजयी भएको छ ।

पाल्पा जिल्ला एमालेको कथित लालकिल्ला मानिन्छ । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको अहँकारले गर्दा लालकिल्ला भत्किएको छ ।

Published : Wednesday, 2022 May 18, 8:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया