नार्पाभूमिबाट कांग्रेसको शानदार जितसँगै खाता खुल्यो

मनाङ । मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिकाबाट नेपाली कांग्रेसले शानदार जितको शुरुवात गरेको छ ।

अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । योसँगै स्थानीय तह निर्वाचन २०७९मा कांग्रेसले जितको खाता खोलेको छ । १५८ मत ल्याएर लामा विजयी भएका हुन् ।

शुक्रबार मध्यरातमा सकिएको मतगणनाअनुसार लामाका निकटतम् प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १११ मत पाएका छन् । ४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो । ३५ मत भने बदर भएको छ ।

Published : Saturday, 2022 May 14, 5:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया