मत पत्र च्यातेको आरोपमा स्थानीयले मेयरका उम्मेदवारलाई कुटेर घाइते बनाए

तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई कुटपिट भएको छ ।

शुक्रबार कुटपिटपछि घाइते भएका जोशीलाई थप उपचारका लागि पोखरा लगिएको छ । उनको दमौली अस्पतालमा सामान्य उपचार भएको छ । जोशीको टाउकोमा गम्भीर चोट लागेको छ ।

हेलिकप्टरबाट काठमाडौं लैजाने भने पनि खराब मौसमका कारण हेलिकप्टर आउन नसकेपछि जोशीलाई सडक मार्ग हुँदै पोखरा लगिएको छ ।

ब्यास नगरपालिकाको वडा नं. ८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका बेला जोशीमाथि आक्रमण भएको थियो ।

जोशीले नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको आरोप लगाएका छन् ।

कांग्रेसले भने जोशीले मतपत्र च्यातेपछि स्थानीय बासिन्दाले नै आक्रमण गरेको बताएको छ ।

कांग्रेसविरुद्ध एमालेसँग मिलेर स्वतन्त्र रुपमा मेयरमा उम्मेदवारी दिएका जोशीलाई कांग्रेसले निम्बन गरेको थियो । उनका बुबा गोविन्दराज जोशीलाई कांग्रेसले पार्टीबाट निस्काशन समेत गरिसकेको छ ।

Published : Friday, 2022 May 13, 7:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया