गन्यापधुरामा भोट हालेपछि देउवाले ओलीलाई च्यालेञ्ज गरेर के भने ?

डडेलधुरा । प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुराको वडा नं. १ को केन्द्रबाट मतदान गरेका छन् ।

शुक्रबार देउवाले मतदान गरेका हुन् । त्यसपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले भने, चुनाव हुँदैन हुँदैन भन्ने केपी ओलीजीले पनि मतदान गर्नुभयो होला ।

एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन मिति घोषणा भएपछि पटक पटक प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताले चुनाव सार्ने षड्यन्त्र गरेको आरोप लगाउँदै आएका थिए ।

देउवाले स्थानीय निर्वाचन नै लोकतन्त्रको मूल स्तम्भ भएकाले सहज रुपमा निर्वाचन सम्पन्न गर्नु नै सरकारको प्रमुख दायित्व भएको बताए ।

सदरमुकामदेखि २४ किलोमिटर दूरीमा रहेको मतदान केन्द्रमा प्रधानमन्त्री देउवा हेलीकप्टरबाट मतदान गर्न पुगेका हुन् । उनी धनगढीबाट मतदान गर्न आफ्नो वडामा आइपुगेका थिए ।

प्रधानमन्त्री देउवा एक सातादेखि सुदूरपश्चिममा छन् । तीन दिन गृह जिल्ला डडेलधुरामा रहेका देउवा बुधबार डडेलधुराबाट धनगढी गएका हुन् ।

Published : Friday, 2022 May 13, 12:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया