मेलम्चीमा सेनाले हस्तक्षेप गरेर बचायो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. ४ ज्यामिरेमा तनाब भएको छ ।

स्वास्थ्य चौकीको बुथमा ठेलमठेल भएपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको छ । सेनाले हस्तक्षेप गरेपछि मतदान सुचारु भएको छ । सेनाले ठूलो झडप हुनबाट बचाएको छ ।

यसैगरी पाँचपोखरी थाङपाल–२ को याङ्ग्री मतदान केन्द्रमा एउटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छुटेको मतपत्र भेटिएपछि पनि केहीबेर तनाव भएको छ ।

Published : Friday, 2022 May 13, 11:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया