मतदानमा सहभागी हुन गृहमन्त्री खाणको आग्रह
काठमाडौं । गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले सक्रिय रुपमा क्रियाशील भई मतदान प्रक्रियामा भाग लिन अपील गरेका छन् ।
गृहमन्त्री खाणले बिहीबार विज्ञप्ति जारी गरेर मतदाताहरुलाई मतदान प्रक्रियामा भाग लिन आग्रह गरेका हुन् ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको पक्षमा मजबुत पार्दै विधिको शासनलाई सुदृढ बनाई निर्वाचनको माध्यमबाट जनतालाई सशक्त बनाउँदै जनस्तरसम्म शान्ति, स्थिरता, समृद्धि र सुशासन कायम गर्दै विकासको प्रतिफल जनताको घर आँगनसम्म पुर्याउन निर्वाचनमा सक्रियरूपमा सहभागी भइदिनुहुन सम्पूर्ण मतदाताहरूलाई विनम्रतापूर्वक आग्रह गर्दछु’, उनले भनेका छन् ।
उनले भने, ‘यहाँको अभिमतले देश र देशबासीको समृद्धिमा सहयोग पुर्याउनेछ भन्ने विश्वास लिएको छुँ ।’
‘जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरूले निर्माण गरेको नेपालको संविधान २०७२ ले नेपाली जनतालाई सार्वभौम बनाएको छ’, उनले भने, ‘संविधान निर्माण पश्चात दोस्रो पटक यही बैशाख ३० गते मुलुकभर एकै चरणमा स्थानीय तह निर्वाचन हुँदैछ । सरकारले सुरक्षा व्यवस्थासम्बन्धी र निर्वाचन आयोगले निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी पूरा गरिसकेको छ । ‘
‘सरकार स्वच्छ, निष्पक्ष धाँधलीरहित र शान्तिपूर्ण तरिकाले भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध छ’, खाणले भने, सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनी र बुबा आमाहरूले निर्भयतापूर्वक विवेकसम्मतरूपले आफ्नो टोल, गाँउ र नगर विकासका लागि सक्षम प्रतिनिधि छनोट गर्न आफ्नो अमूल्य अभिमत प्रदान गर्नुहुन हार्दिक अनुरोध गर्दछु ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया