आलेले मन्त्री पदको गरिमा नराखेर तल्लो तहको औकात देखाएपछि आयोगले डण्डा चलायो

काठमाडौं । आफ्नो पदीय मर्यादाको समेत ख्याल नगरेर जथाभावी हर्कत गर्दै आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

आयोगले आलेलाई निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

मन्त्री आलेविरुद्ध आयोगमा डोटीको जोरायल गाउँपालिकाका एमाले उम्मेदवार दुर्गादत्त ओझाको चरित्रमाथ प्रश्न उठाएर भिडियो सार्वजनिक स्थलमा राखेको भन्दै उजुरी परेको थियो ।

एकीकृत समाजवादी र माओवादी केन्द्रको संयुक्त आयोजनामा वैशाख २६ मा भएको चुनावी सभामा पार्टीका लागि मत मागेको, मतदाता भड्काउन भ्रमात्मक भाषण दिएको, तडकभडक गर्दै मन्त्री आलेले भोजभत्तेर गरेको, मतदातालाई रकम बाँडेको उजुरीमा उल्लेख गरिएको थियो ।

मन्त्री पदको गरिमा बचाउन नसकेको आरोप लाग्दै आएका आलेले आफ्नै कर्मचारीहरुविरुद्ध गालीगलौज गर्ने गरेका छन् । निर्वाचन शान्तिपूर्ण बनाउने दायित्व बोकेका मन्त्री आलेले हर्कत गरेर औकात देखाएपछि आयोगले स्पष्टीकरण सोधर अनुशासनको डण्डा चलाएको छ ।

Published : Thursday, 2022 May 12, 3:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया