अर्थमन्त्रीको गृहजिल्लामा एसपी विक खटिए

घोराही । अर्थमन्त्री समेत रहेका माओवादी नेता जनार्दन शर्माको गृहजिल्ला रुकुम पश्चिममा नेपाल प्रहरीले प्रहरी उपरीक्षक (एसपी) डम्बरबहादुर विकलाई पठाएको छ ।

निर्वाचनका बेला नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएर तनावपूर्ण अवस्था भएपछि प्रहरी मुख्यालयले स्थिति नियन्त्रणमा लिन एसपी विकलाई पठाएको हो ।

कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव समेत रहेका झक्कप्रसाद आचार्य नेतृत्वको टोलीलाई सरकारले निर्वाचन अनुगमन गर्न रुकुम पश्चिम पठाएको छ ।

बुधबार राति पनि कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको थियो । झडपमा माओवादी केन्द्रका वडा सदस्यका उम्मेदवार तुलसीराम बुढासहितका कार्यकर्ता घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले छिटपुट घटना बाहेक जिल्लाको समग्र अवस्था शान्तिपूर्ण रहेको बताएका छन् ।

Published : Thursday, 2022 May 12, 3:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया