राजदूत बन्ने चक्करमा रहेका पूर्वआईजीपी अख्तियारमा बयान दिएर हैरान
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपालका पूर्व महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालसँग बयान लिएको छ ।
दुई हप्ता अगाडि मात्रै अवकास पाएका खनालसँग अख्तियारले बयान लिएको स्रोतले जनाएको छ ।
खनालको कार्यकालमा सामान र जग्गा खरिदमा अनिमितता भएको भन्दै यसअघि समेत छानविन भएको थियो ।
पूर्वआईजीपी खनालमाथि अकुत सम्पति कमाएको अभियोगमा अख्तियारले बयान लिएको छ ।
खनालले पदमा रहँदा शक्ति केन्द्रबाट दवाव दिएर मुद्दा छानविन गर्न रोक्न खोजेका थिए ।
खनालमाथि परेका विभिन्न उजुरीहरूमाथि छानविन भइरहेको छ ।
पूर्व आईजीपी खनाल राजदूत बन्ने प्रयासमा छन् । खनालले मलेसियाका लागि नेपाली राजदूत बन्न नेताहरूको ढोका चाहर्न थालेका छन् ।
Published : Wednesday, 2022 May 4, 1:59 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया