कांग्रेसका भ्रातृ संस्था परिचालन गर्न पाण्डेको उप–समितिद्वारा सबै जिल्लामा प्रतिनिधि तोकियो

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संघ समन्वय एवं परिचालन उप–समितिले स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरूलाई विजयी बनाउन ७७ वटै जिल्लाहरूमा प्रतिनिधि खटाउने निर्णय गरेको छ ।

कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा रहेको उप–समितिको मंगलबार बसेको बैठकले आफ्ना सदस्यहरूलाई जिल्लामा पठाउने निर्णय गरेको सचिव उत्तम चापागाइँले जानकारी दिएका छन् ।

उत्तम चापागाइँलाई मोरङ, धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभा खटाइएको छ ।

गोमा केसीलाई खोटाङ, उदयपुर र सोलुखुम्बुमा पठाइएको छ । वजरंग नेपालीलाई सिरहा, सप्तरी, धनुषा र महोत्तरी खटाइएको छ ।

गणेश तिमिल्सिनालाई बारा, पर्सा, रौतहट र सर्लाहीमा खटाइएको छ । अनिलकृष्ण प्रसाइँलाई इलाम, झापा, पाँचथर र ताप्लेजुङ तथा निर्मला खड्का ‘निरु’लाई चितवन, मकवानपुर र नवलपुरबमा पठाइएको छ ।

आनन्द अधिकारीलाई धादिङ र भक्तपुरमा पठाइएको छभने धना खतिवडालाई काठमाडौं र सिन्धुलीमा खटाइएको छ ।

मधुकर खनाललाई दोलखा र रामेछाप तथा सृजना मल्ललाई रुकुम पूर्व, बागलुङ र म्याग्दीमा खटाइएको छ ।

प्रकाश पन्तलाई कास्की र स्याङजामा खटाइएको छ । मेघराज टण्डनलाई रुपन्देही, नवलपरासी र कपिलवस्तुमा खटाइएको छ ।

प्रेमध्वज लामालाई काभ्रे, प्रमोदहरि गुरागाइँलाई सिन्धुपाल्चोक र ललितपुर, कुसुम थापालाई प्यूठान, रुकुम पश्चिम, युवराज पाण्डेलाई गुल्मी, पाल्पा, पर्वत र अर्घाखाँचीमा खटाइएको छ ।

दीपक भण्डारीलाई दाङ, बाँके र डोटी, क्षितिज भण्डारीलाई बर्दिया, कञ्चनपुर र कैलाली, सोपान सिंह बोहरालाई डडेल्धुरा र दार्चुलामा खटाइएको सचिव चापागाइँले बताए ।

परोपकार अधिकारीलाई नुवाकोट र रसुवा, मोहम्मद जरुवादिन मियाँलाई गोरखा र लम्जुङ, हरिहर परियारलाई अछाम र बैतडी, लाओस राईलाई बझाङ र बाजुरा, जगत बराललाई मनाङ र मुस्ताङमा खटाइएको छ ।

नेत्रप्रसाद देवकोटालाई मुगु, जुम्ला र दैलेख, डिल्लीराज हमाललाई कालीकोट, डोल्पा र हुम्ला, दीपक सोनीलाई सुर्खेत, रोल्पा, जाजरकोट र सल्यान, सन्तोष कट्टेललाई ओखलढुंगा र रेशम गुरुङलाई तनहुँमा खटाइएको छ ।

Published : Tuesday, 2022 May 3, 8:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया