कांग्रेसद्वारा चुनाव जित्न सचिवालय गठन, कम्युनिस्टको सातोपुत्लो उड्यो

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको सचिवालय गठन गरेको छ ।

कांग्रेसका उप–सभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले मंगलबार सचिवालय गठन गरेका हुन् ।

समितिको संयोजक कांग्रेसकी केन्द्रीय सदस्य नानु बास्तोला रहेको विज्ञप्तिमा उल्लेख छ ।

सदस्यमा सुरेश आचार्य (सिन्धुली), प्रभु बुढाथोकी (ललितपुर), राजेन्द्रप्रसाद पौडेल (ललितपुर), कृष्ण केसी (तनहुँ) र गेजा शर्मा वाग्ले (काठमाडौं) रहेका छन् ।

सचिवालयले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति र उप–समितिहरूले गरेका निर्णयको कार्यान्वयनको अवस्था र पार्टीका विभिन्न सांगठनिक संरचनाहरूले स्थानीय तहको निर्वाचनमा पार्टीको विजय अभियानलाई सफल बनाउनका लागि गरिरहेका कामहरूको जानकारी लिनेछ ।

संयोजकको परामर्शमा समन्वय र संयोजनसहित समितिले आवश्यक कार्य गर्नेछ ।

Published : Tuesday, 2022 May 3, 7:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया