कांग्रेसको अनुगमन उप–समिति विस्तार, ललितपुरबाट महर्जन मनोनीत, क–कसको भाग्य खुल्यो ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सूचना संकलन तथा अनुगमन उप–समिति विस्तार भएको छ ।

स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिअन्तर्गतको उप–समितिका सदस्यहरूलाई मंगलबार मनोनयन गरिएको हो ।

उप–समितिको संयोजक कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला नेपाल रहेकी छिन् ।

समितिको सदस्यमा ललितपुर कांग्रेसका युवा नेता मीनकृष्ण महर्जन, बर्दियाका मंगलसिंह थारु, धनकुटाका मनोहरनारायण श्रेष्ठ, तनहुँका रामचन्द्र पोख्रेल, कास्कीका शोभियतबहादुर अधिकारी, सिन्धुलीका माणिककुमार ढकाल, भोजपुरका नन्दमणि राई मनोनयनमा परेका छन् ।

अछामबाट भरतबहादुर स्वार, डोटीबाट प्रदीप देउवा, हुम्लाबाट जयपति रोकाया, कपिलवस्तुबाट राजेश आचार्य, बझाङबाट हर्कजंगबहादुर सिंह, दैलेखबाट दिक्पाल शाही, प्यूठानबाट सालिग्राम पण्डित, स्याङजाबाट बुद्धिबहादुर राना ‘कुमार’, सप्तरीबाट गीता यादब, सुनसरीबाट तिलक राई, सोलुखुम्बुबाट रामबहादुर बस्नेत, ललितपुरबाट रामकृष्ण चित्रकार,
चितवनबाट माधव अर्याल, चितवनबाट महेन्द्र श्रेष्ठ, रुपन्देहीबाट देवीप्रसाद चौधरी मनोनयन भएका छन् ।

प्यूठानबाट रोज राणा, ताप्लेजुङबाट छोहाङ लंडुक शेर्पा, सल्यानबाट निमबहादुर ओली, भक्तपुरबाट उमेश खड्का, भक्तपुरबाट मुरारी प्रसाद आचार्य, रुपन्देहीबाट मो.इद्रिस, ओखलढुंगाबाट सर्वधन तामाङ, दार्चुलाबाट गणेशराज भट्ट, बाजुराबाट धनराज पण्डित, सुर्खेतबाट कलमबहादुर खत्री, बर्दियाबाट गंगाधर पौडेल, जुम्लाबाट गणेश उपाध्याय, रोल्पाबाट राधिका हमाल, रुकुम पूर्वबाट नन्दबहादुर बिष्ट, डोल्पाबाट गौरीशंकर उपाध्याय, भक्तपुरबाट साधना मल्ल, मनाङबाट छिरिंङ ह्याल्पो, मस्ताङबाट योगेश गौचन थकाली मनोनयनमा परेका छन् ।

Published : Tuesday, 2022 May 3, 7:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया